नुवाकोटको एक प्रतिनिधिसभा र तीन प्रदेशसभामा वाम उम्मेदवार विजयी

नुवाकोट, २४ मंसिर । नुवाकोटको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र तीन वटा प्रदेशसभा क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

सम्पन्न भएको मतगणनाअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का नारायणप्रसाद खतिवडा ३६ हजार ८९२ मत ल्याएर विजयी हुनुभएको छ । नेपाली काँग्रेसका अर्जुननरसिंह केसीले २६ हजार ३३५ मत प्राप्त गर्नुभयो । विजयी हुनुभएका एमालेका उम्मेदवार खतिवडाले १० हजार ५५७ मत बढी ल्याउनुभएको हो ।

यस्तै, प्रतिनिधिसभा सदस्य १ को प्रदेश (क) मा नेकपा (माओवादी केन्द्र)का राधिका तामाङले १८ हजार १३७ मत ल्याएर विजयी हुनुभएको छ । नेपाली काँग्रेसका महेन्द्र थिङले १३ हजार ३६८ मत प्राप्त गरेको निर्वाचन अधिकृत गोपाल लामिछानेले जानकारी दिनुभयो ।
यस्तै, प्रदेश (ख) तर्फ नेकपा एमालेका बद्री मैनाली २० हजार ५०९ मत ल्याएर विजयी हुनुभएको छ । नेपाली काँग्रेसका रमेशकुमार महतले १२ हजार २१७ मत प्राप्त गरेर निकटतम प्रतिस्पर्धी बन्नुभयो ।
यस्तै, नुवाकोटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (क) मा नेकपा एमालेका केशवराज पाण्डेले २० हजार नौ मत ल्याएर विजयी हुनुभएको छ । नेपाली काँग्रेसका जगदिश्वरनरसिंह केसीले १२ हजार ७२९ मत प्राप्त गर्नुभयो । चारवटै स्थानमा मतगणना सम्पन्न भएको निर्वाचन अधिकृतबाट विजयी घोषणा गर्न भने बाँकी रहेको छ ।

नुवाकोटको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ को (ख) मा मतगणना जारी रहेको छ । जारी मतगणनाको दुवै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी नजिक पुगिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *