हारे कमल थापा, मकवानपुर १ बाट दाहाल विजयी
२०७४ जेठ १५ गते

“
मंसिर २४, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापालाई पराजित गर्दै एमालेका कृष्णप्रसाद दाहाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । मकवानपुर क्षेत्र नम्बर १ बाट जितेका दाहालले ५ हजार ९७३ मतान्तरले थापालाई हराएका हुन् । दाहलले ४० हजार ६३१ मत प्राप्त गर्दा थापाले भने ३४ हजार ६५८ मत मात्रै पाए ।
राप्रपाका अध्यक्ष कमल थापालाई पराजित गरेर उनी तेस्रोपटक सांसद बनेका छन् । ०४८ र ०५६ सालको निर्वाचनमा उनी सांसदमा निर्वाचित भएका थिए भने ०५१ सालको मध्यावधि चुनावमा भने दाहाल कमल थापासँग हारेका थिए ।
यसपटक बाम गठबन्धनको साझा उम्मेदवार बनेका दाहालले कांग्रेसग गठबन्धन गरेका थापालाई पराजित गरेका हुन् ।
दाहालले एमाले मकवानपुरमा चार कार्यकाल नेतृत्व गरेका छन् । उनले ०५४ देखि ०६६ सम्म निरन्तर एमाले मकवानपुरको नेतृत्व सम्हालेका थिए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








