विषय, चेतना र पदार्थको लडाई कहाँ पुग्यो ?

– शुदर्शन पोख्रेल, डा.भगवती कुँवर पोख्रेल, डा. अम्बरिश पोख्रेल

सन् १८७९ मार्च १४ मा जन्मेका विश्वका महान बैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भौतिक शास्त्रमा जुन योगदान दिए त्यो अतुलनीय र अमूल्य छ । जर्मन हिटलरी शासनको कारणले उनी आफ्नो मातृभूमि बस्न नसकेर संयुक्त राज्य अमेरिकाको प्रिस्टनको नागरिक हुन् बाध्य बनाइए ।  उनीद्वारा सम्पादित सापेक्षताको सिद्धान्तको किताब सन् १९२२ मा प्रकाशित गरिएको थियो । यो पुस्तकले विश्वमा नयाँ प्रकारको हलचल मात्र सिर्जना गरेन, यसले विश्वलाई विज्ञानको नयाँ परिभाषा दियो । उसो त यो पुस्तकले सकारात्मक प्रतिक्रिया मात्र दिएन, नकारात्मक तरंगहरु पनि फैल्याइए । उनको त्यो सिदान्त बुझ्नेहरु ४ जना देखि ५ जना मात्र थिए भनिएको छ । नकारात्मक तरंग फैल्याउनु कारण त्यो सिदान्तको अर्थ छैन भनेर हो । आलोचना गर्नेहरुले त्यसमा थप घटक गर्न सक्दैनथे । जे छ त्यसमा उनीहरु तार्किक रुपले स्वत: समर्थन गर्न सक्ने अबस्थामा मात्र थिए । उक्त सिद्धान्तको परख गरि आइन्स्टाइनलार्इ थप सहयोग हैन कि हौसला मात्र दिन सक्ने अबस्थामा थिए । त्यसको अर्थ यो ब्रहमाण्ड वा सारा दुनियाको उत्पत्तिको रहस्य एउटा साधारण रुपमा हुर्केको व्यक्तिबाट आइरहेको थियो र बाँकी संसार केवल रमिते मात्र थिए । यही कारण आलोचना भएको थियो । आखिर त्यो चमत्कारिक सिद्दान्तले के बताउन खोजेको थियो ? यो लेखले त्यसको रहस्य खोल्ने प्रयन्त गरेको छ । हुन त बितेका ९० वर्षमा ती सिद्धान्तका रहस्य धेरै कोणबाट खोलिएको कारण यो नयाँ कुरा होइन । यो लेखमा उक्त सिद्धान्तमा हाम्रो मौलिक हिन्दु ग्रन्थहरुले यसअघि कुन–कुन कुरा भनिसकेका छन्, त्यो पनि हेर्ने कोसिस गरिएको छ ।

अल्बर्ट आइन्स्टाइनको सिद्दान्त प्रमाणित गर्न वितेका सय वर्षमा (पुस्तक निस्कनुअघि नै सन् १९१६ मा उनले आम बैज्ञानिकको बीचमा आफ्नो सिद्धान्त बाहिर ल्याइसकेका थिए ।) मानव जातिको विकास गरेका सबै प्रबिधिको प्रयोग गर्‍यो र त्यति कै खर्च पनि । यसका लागि हजारौं बैज्ञानिकहरु यो सिद्धान्तका लागि खटिए र संसारभरीबाट अर्बौ डलरको बजेट ब्यवस्था गरियो । यसो गर्दा विरोधीहरुले बनाएका समाचार र व्यङ्ग्यको कुनै हिसाव छैन । आइस्टाइनलाई पुराना भौतिक शास्त्रका अबधारणाहरुसँग चित्त बुझेको थिएन । यहि कारण उनी मरिमेटेर लागेका थिए । सापेक्षताको सिद्धान्त प्रतिपादन हुनुअघि उनले सम्पादन गरेको एउटा पुस्तकमा भनिएको छ ‘बधुत चुम्बकीय र प्रकाश सम्बन्धि पुरानो अबधारणाले काम गरिरहेको छैन र त्यसको पुन ब्याख्या गर्नु जरुरी छ ।

पुराना भौतिकशास्त्रको आलोचना गरेर मात्रै हुँदैनथ्यो । यहि कारण खोजी गर्दै जाँदा उनले प्रकाश शास्त्र र बिधुतकणिका शास्त्र (electrodynamics) का यस्ता घटनाहरु उनले फेला पारे जसलाई शास्त्रीय रुपले मान्दै आएको भौतिक शास्त्रले (जसलाई न्युटोनिएन भौतिक शास्त्र भनिन्छ) सम्बोधन गर्न सकेन वा बाध्न सक्तैन भन्ने पत्ता लगाए । त्यसपछि आफुलाई एउटा भयानक पुरातन शास्त्रबाट माथि राख्ने प्रण गर्दै, नया प्रकाश शास्त्र (optics) र बिधुत कणिका शास्त्रको नया ब्याख्या गर्ने आट गरे (यहाँ हामीले आट गरेका हुन् भनेर भन्नु पर्ने अबस्था छ, जुन आँट सबै बैज्ञानिकहरुले गर्दैनन् ) त्यसको फलस्वरूप अहिलेको हाम्रो संसार वाह वाह र त्यो जमानामा कसैले खिसिट्युरी गर्ने नयाँ सिद्दान्तको अवधारणा अगाडि राखे त्यही नै सापेक्षताको सिदान्त हो ।


अल्बर्ट आइन्स्टाइनले सापेक्षताको सिदान्त दुइ चरणमा पुरा गरे । सन् १९०५ मा सापेक्षताको बिशेष सिद्दान्त प्रतिपादन गरे भने, सन् १९१६ मा सापेक्षताको सामान्य सिद्दान्त प्रतिपादन गरे । जुन हाल आएर लिगोले (The Laser Interferometer Gravitational-Wave Observatory -LIGO) ब्यबहारिक रुपमै प्रमाणित गर्न सफल भयो ।  सापेक्षताको बिषश सिद्दान्त अन्तरगत भैतिक शास्त्रका सबै नियमहरु “प्रबेग रहित“ सबै प्रसंगका प्रणालीहरु (All inertial frame of references _ system ) सामना रुपले लागु हुन्छन मात्र हैन खाली आकाशमा (free space _  constant) हो ।  यसको अर्थ अरु कुनै गतिसिल बस्तुको तुलनामा प्रकाशको गतिको मान घटबढ हुदैन । अझ अगाडी भन्नु पर्दा, आकाश अर्थात् स्पेस (space) र समय (time) को स्वरुप तथा तिनीहरुको मान पिण्डको (mass) गतिमा velocity भर पर्छ भन्ने कुरा निर्धारण गर्दछ । समय र स्पेस (आकाशको यो परिबर्तन त्यति बेला मात्र अनुभब गर्न सकिन्छ, जति बेला पिण्डको बेग प्रकाशको तुल्य हुन्छ । चाखलाग्दो कुरा के छ भने बस्तुको आयाम (dimension), लम्बाई, चौडाई र उचाइ पनि त्यो बस्तुको गतिको मानमा भर पर्ने कुरा सापेक्षताको बिसेस सिद्दान्तले निर्धारण गर्दछ । जसलाई लम्बाइको संकुचन  (length of  contraction) भनिन्छ । यस्तो अबस्थामा समय पनि स्थिर हुन् सक्दैन अर्थात् बस्तुको गति जति बढ्दै जान्छ समयको गति मन्द हुदै जान्छ । यसलाई समयको डाइलेशन (time dilation) भनिन्छ ।  माथिका कुराहरु प्रयोगात्मक रुपमा प्रमाणित भैसकेका छन् । जस्तै ‘मेसोन’ को जिबनकाल गतिको बृदि अनुसार बढेको कुरा बैज्ञानिकहरुले प्रमाणित गरिसकेका छन् ।  माथिको कुराले के बताउन खोज्दछ भने, समय र स्पेस     आकाश एक अर्का बिच घनिष्ट सम्बन्ध राखी हाम्रो बास्तबिक संसार चलिरहेको छ, जसलाई स्पेस , आकाश र समयको कन्टीनम (continum) भनिन्छ ।

अल्बर्ट आइन्स्टाइनको सापेक्षताको सामान्य सिद्दान्त नै गुरुत्वाआकर्सणको सिदान्त हो । यो सिद्दान्त अनुसार आकाश र समयको स्वरुप पदार्थको मात्राको (amount of matter ) अस्तित्वमा भर पर्दछ । यसको अर्थ के हो भने बिशाल पिण्ड भएका तथा गुरुत्वाआकर्सण शक्ति बढी भएका पिण्डहरु जस्तै ब्याल्क होलहरु ( Black holes), नियुट्रोंन ताराहरुको ( Neutron stars ) वरिपरिको आकाश र समय स्वरुपहरु अर्कै हुन्छन, जसलाई भौतिक शास्त्रमा आकाशको बक्र भनिन्छ । यसलाई सामान्य भाषामा बुझ्ने कोसिस गरौ ।

जब आकाशले बक्र लिन पुग्दछ,  तब समय स्थिर रहन सक्दैन अर्थात् समय त मन्द हुदै जान्छ । अझ सामान्य प्रकारले भन्दा आजको दिन यो पृथ्वीमा एउटा बच्चा जन्मियो र ठिक त्यही दिन त्यो आकाशले बक्र लिने ठाउमा अर्को बच्चा जन्मियो । अब आजको ७० बर्स पछि हाम्रो त्यो बच्चा बृद्ध भैसकेको हुनेछ । उता पट्टिको बच्चा यताको तुलनामा जवान नै रहने छ अर्थात् ७० बर्सको भैसकेको हुने छैन ।  यस्ता प्रकारका महत्वपुर्ण सिद्दान्तहरु अल्बर्ट आइन्स्टाइनको सापेक्षताको सामान्य सिद्दान्तले निरुपण गर्न सकेको छ र यसलाई चुनौती दिने अरु कुनै तर्क तथा तथ्यहरु फेला परेका छैनन् । त्यसैले यसका आधारभूत प्रस्थापनाहरु निम्न प्रकारले भन्न सकिन्छ ।

पहिलो, यस्तो प्रकारको नियम सबै खाले भौतिक शास्त्रका नियमहरुमा समान रुपले लागु हुने गर्दछ, चाहे ति समान गतिमा हौन वा प्रबेग गतिमा किन न होस् । पहिलो प्रस्थापना यो हो, भौतिक शास्त्रका नियमहरुले सबै प्रकारका सन्दर्भका प्रणालीहरुमा समान रुप लिने गर्दछ चाहे ति समान गतिमा हुन् वा परिबर्तित गतिमा किन नहुन् । दोस्रो, गुरुत्वआकर्सणीय पिण्ड ( Gravitational mass)  र इनार्सियल पिण्ड ( Inertial mass ) बराबर हुन्छन । यी दुइ मान्यताको आधारमा प्रतिपादित सिद्दान्त भित्र सापेक्षताको बिसेस सिद्दान्त पनि स्वत: समाहित भएको छ ।  जसले गर्दा उनको सिद्दान्त बुझन र बुझाउन अरु बढी जटिल स्थिति पैदा भएको छ ।  अझ त्यसको प्रयोग गरेर देखाउन लिगो (LIGO) प्रयोगशालालाई कति हन्डर ठक्कर खानु परिरहेको होला, त्यसको अनुमान मात्र गर्न सकिन्छ ।

यसरि अल्बर्ट आइन्स्टाइनको सापेक्षताको सामान्य सिद्दान्तले थुप्रै प्रकारका कुराहरुको भबिस्यबाणी गरेको थियो ।  जुन ब्यबहारमा एक पछि अर्को प्रमाणित हुदै आइरहेका छन् । त्यही मध्येको पछिल्लो लिगोको प्रयोग गुरुत्वाआकर्सणको तरंग र ब्याल्क होल ( Black holes ) सहित  थुम काल होलहरु  ( Binary black holes ) को अस्तित्व भएको कुराको भबिस्य बाणी सिद्ध भएको छ । वैज्ञानिकहरुका अनुसार ९९ दसमलब ९९४ प्रतिशत प्रलयका घटना साँचो हुने देखिन्छ । लिगोमा बैज्ञानिकहरुले गुरुत्वाआकर्सणीय कणीमा जसलाई ग्राभीटेसन भनिन्छ को न्युनतम र उच्चतम पिण्डको मानको निर्धरना गरेका छन्  । भबिष्यमा लिगोको संकेत लिन सक्ने सम्बेदनशिलतालाइ बढाएर ब्याल्क होल सम्बन्धि अझ बढी जानकारी लिन सकिने आशा गरेका छन् । त्यसो गर्न सकियो र कुनै दिन “बिग ब्याग“ को तरंग समेत समात्न सकियो भने, यो संसारको श्रृष्टि कसरि भएको रहेछ र कसले कहिले भन्ने कुराको सारा जानकारी संसार सामु एउटा चलचित्र जस्तै हेर्न सकिने छ । त्यसो हुन् सक्यो भने पदार्थ पहिलो हो र चेतना दोस्रो हो भनेर प्रस्ट हुने नै छ ।

चाखलाग्दो बिषय के छ भने, हाम्रो हिन्दु धर्मका ग्रन्थहरु पनि कुनै एक व्यक्ति वा एक ऋषि मुनिबाट प्रतिपादित भएको हैन । सयौ बर्सको चिन्तन मननबाट आएको निचोडको संगालो हो । यसको अर्थ, अहिलेको विज्ञानले जसरि क्रमिक रुपमा आफुलाई बिकाश गर्दै,  त्यसलाई लिखित रुपमा विभिन्न प्रकारका किताब, जर्नल र समाचारको रुपमा बाहिर आउने गर्छ,  ठिक त्यही रुपमा हिन्दु धर्मका ग्रन्थहरु पनि सयौ बर्सको लगानीबाट बाहिर आएका हुन् भन्ने कुरामा कुनै विवाद छैन । वेदको ब्याख्या बेदान्त हो । बेदान्तको अर्थ बेदको अन्त हो । उपनिसद्लाइ पछि बेदान्त भन्न थालिएको छ । यो बेद्को दार्शनिक ब्याख्या हो । बेदान्तहरु पनि धेरै थरिका छन । शंकर बेदान्त महत्वपुर्न मानिन्छ,  जस अनुसार ब्रह्म नै सत्य हो जगत मिथ्या हो । जसरी घैटो देखेर कुमालेको अनुमान हुन्छ, त्यसै गरि जगत देखेर इस्वर छ भन्न सकिन्छ । बेदलाई शंकर बेदान्तले प्रमाण मान्दछ । अर्थात् केन्द्र बिन्दुमा इश्वर अबस्थित छ भनेर तर्कपूर्ण कुराहरु राखियको छ ।

बेद्लाइ पनि अर्को दुई भागमा बिभाजन गरिएको छ , मन्त्र र ब्राह्मण । यसलाई पुर्ब मिमाम्सा र उत्तर मिमाम्सा भनिन्छ । पुर्ब मिमाम्सा पुजा–आजा यज्ञ सम्बन्धी बेदान्त हो भने उत्तर मिमाम्सा ज्ञान सम्बन्धी बेदान्त हो । जसलाई ज्ञान् कान्ड पनि भनिन्छ । बेदहरुमा प्रचुर मात्रामा विज्ञानका कुराहरु रहेका छन् तर तिनीहरुको प्रस्तुति वा त्यसको उपयोग, समायोजन र त्यसको भित्रि रहस्यलाइ सामान्य प्रकारले परख गर्न सकिदैन ।

त्यसको लागि अहिलेको आधुनिक बिज्ञान बुझेको मान्छेहरु र बेद बेदान्तमा परख गर्न सक्ने बिद्वान र बुद्दिजिबि एक साथमा बसेर मात्र केहि हदसम्म मात्र बुझ्न सकिन्छ भन्ने देखिदै छ । जस्तै पुर्ब मिमाम्सा अन्तर्गतको सामान्य उदाहर्ण हेर्न सकिन्छ, किन शिबलिंगको पुरा परिक्रमा गरिदैन ? शिब लिंगमा चढाइएको अर्घ (दुध वा दहि) र जल बगेर जाने बिन्दुबाट पुन फर्केर फेरि अर्को दिशातिरबाट त्यही बिन्दु नपुग्दै फिर्ता हुने चलन हामी नेपाली सबैलाई थाहा भएको कुरा हो । हामीले त्यो गर्दै आइरहेको कुरा पनि हो । वैदिक बिधि अनुसार शिब लिंग जुन पायो त्यही चट्टान वा माटोबाट बनाउने गरिदैन । शिब लिंग क्याल्सिएम कर्बोनेटले बनेको हुन्छ । बर्सौ देखि त्यसमा दुध वा दहि चढाउँदा एसिडको कारणले विकिरणहरु निस्कने गर्छन र त्यो कुनै बिन्दुमा बिस्फोट हुन् सक्ने हैसिएत राख्दछ । त्यसो नहोस भनेर फेरि त्यहाँ जल चढाउने गरिन्छ । जसले केहि हदसम्म त्यो तापलाइ कम गरोस । त्यो अर्घको साथ साथै जल बगेर जानेबाटो नाघिदैन किनभने नाघ्दा जलसंगै आयको विकिरणले भक्तको शरीरमा हानी नगरोस भनेर शिब लिंगको पुरा परिक्रमा गरिदैन ।  कुनै ऋषिले वा सामुहिक रुपमा दशकौ वर्ष सम्म लगातार अर्घको धारा चढाउदा त्यो बिस्फोट भएको हुन् पर्द्छ । उनीहरुको निष्कर्स त्यो इश्वर प्रकट भएको हो वा अलौकिक शक्ति सामुन्ने देखा परेको निष्कर्स निस्केको त्यसको कुनै कुरा पाइदैन । तर सामान्य रुपमा उनीहरुको केन्द्रबिन्दुमा इश्वर थिए र, अहिले पनि छन् । तर उनीहरुले त्यसको पुरा परिक्रममा नगर्ने जुन चलन बसाले,  त्यसले त उनीहरु त्यसको भित्रि पाटो हेर्न सक्ने हैसियतमा थिय भन्ने पनि देखिन्छ  । यसले प्राचीन हिन्दु ग्रन्थ आधुनिक बिज्ञानसंग मेल खान पो पुगेको देखिन्छ ।


रमाइलो कुरा, विज्ञानसँग मेल खाने एक या दुई मात्र यस्ता कुरा छैनन्, हज्जारौ भेटिन्छन् । दुई चार कुराहरु संयोगबस अहिलेको आधुनिक बिज्ञानसंग मेल खान सक्छ तर वेदमा भनिएका हजारौ कुराहरु मेल खानुको पछाडी हाम्रा ऋषि मुनिहरू त बैज्ञानिकहरु पनि थिए वा हुन् भन्ने कुराको वकालत गर्न पुग्दछ ।  अर्को दुइ सामान्य उदाहरण हेरौ, पुजा–आज गर्दा वा दैनिक जीवनमा हामीले प्रयोग गर्ने भान्सा किन गाईको गोबरले पोत्ने चलन गरियो होला ? किन भैसीको गोबर प्रयोग गर्ने गरिएन ? अहिले आधुनिक बिज्ञानले के भन्छ भने गाइको गोबरमा बिसेस प्रकारका ब्याक्टेरियाहरु पाइन्छन जसले मानिसहरुलाई हानी पुर्याउने अर्को प्रकारको ब्याक्टेरियाहरुसंग लड्ने (मार्ने हैसियत) क्षमता राख्दछन । त्यस्तै प्रकारले गम्भीर बिरामी परेको मान्छे जसलाई हामीले घरको आगनको डिलमा रोपिएको तुलसीको बोट छेऊमा सार्ने चलन छ । आधुनिक विज्ञानले के देखाउछ भने, तुलसीको पातले तुलनात्मक रुपमा बढी अक्शिजन फयाक्ने गर्दछ । बिरामीको लागी बढी अक्सिजन वा सहज अक्सिजन प्राप्त हुनु पर्ने कुरा आधुनिक विज्ञानले भन्दछ । अनुसन्धानले पिपलको पातबाट पनि बढी अक्सिजन दिने कुरा बताउने गरेको छ, जसलाई हामीले बटुवाहरु हिड्ने बाटोमा चौपारिको रुपमा त्यसको संरक्षण गर्दछौ ।


यस्तो प्रकारको बैज्ञानिक कुराहरु लुकेको कुरा किन र कसरी संभब भयो होला ? यो प्रकारको परख गर्न सक्ने हैसियत हाम्रा ऋषि मुनिहरुमा कहााबाट प्राप्त भयो होला ? त्यसको पछाडी उनीहरुसंग कस्तो प्रकारको बैज्ञानिक वा दैविक शक्ति प्राप्त थियो ? खुसीको कुरा कम्तिमा पनि ऋषि मुनिहरूले ति कुराहरुलाई लिपिबद्द गरेर राख्न सफल भएका थिए ।  त्यसैले हाम्रा ति यस्ता हज्जारौ बैज्ञानिक तथ्य बुझ्न र बुझाउन अहिलेको आधुनिक बिज्ञान बुझेको मान्छेहरु र बेद बेदान्तमा परख गर्न सक्ने ब्द्विान र बुद्दिजिबि एक साथमा हुनु पर्ने आवश्यकता देखिएको हो । यहाँ स्पस्ट हुनु पर्ने कुरा के देखियो भने, उनीहरु बिज्ञान जान्दथे तर इश्वर किन केन्द्र बिन्दुमा राखेका थिए ? यहि कुराको लडाई अहिलेसम्म चलिरहेको छ अर्थात् चेतना र पदार्थमा कुन पहिलो हो वा हुने छ ? अझ सजिलो भाषामा भन्नु पर्दा  इश्वर छन् वा छैनन् ? त्यसको निक्र्यौल शायद अब छिटो हुदैछ भन्ने आशा गरिएको छ । जहाँ लिगो (LIGO) प्रयोग शालामा हज्जारौ बिश्व बैज्ञानिकहरु त्यो कुरामा तल्लिन छन् । त्यो प्रमाणित भयो भने आधुनिक मानब जातिको शायद अन्तिम निकाश हुनेछ र मान्छेहरुले आफुलाई अर्को ढंगले परिभाषित गर्ने छन् । तर त्यसको सामाजिक असर के कस्तो रहने हो अहिले नै आँकलन गर्न सकिदैन । एउटा कुरा के प्रस्ट छ भने त्यो प्रमाणित हुनु भन्दा अगाडी नै विश्वका सारा सरकारहरुले आफ्ना नागरिकहरुलाई सतर्क, सचेत र अनुशासित राखिसकेको हुनु पर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *