रुपन्देही १ मा एमाले नेता छवीलाल विश्वकर्माको अग्रता कायमै

रुपन्देही, मंसिर २३ । रुपन्देही क्षेत्र नम्बर १ मा कम्युनिष्ट गठबन्धनले अग्रता बढाँउदै लगेको छ । प्रारम्भिक चरणमा अग्रता लिएको संघीय समाजवादी फोरमलाई पछि पार्दै गठबन्धनले शनिबार बिहानैबाट अग्रता बढाउँदै लगेको हो ।

रुपन्देही क्षेत्र नम्बर १ मा कम्युनिष्ट गठबन्धनका उमेदवार एमाले नेता छवीलाल विश्वकर्माले १० हजार ५१२ मत ल्याएका छन् । उनलाई लोकतान्त्रिक गठबन्धनका उमेदवार कांग्रेस नेता अब्दुल रज्जाक सात हजार ९३६ मतले पछ्याइ रहेका छन् ।

शुक्रबार रातिसम्म अगाडि देखिएका संघीय समाजवादीका फोरमका उमेदवार विद्याप्रसाद यादव चार हजार २५९ मतका साथ अघि बढी रहेका छन् । उनले प्रारम्भिक चरणमा दुई हजार २४६ मतले अग्रता लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *