ताप्लेजुङमा एमालेका योगेश भट्टराई २९ हजार ४७९ मतले विजयी

२०७४ जेठ १५ गते

“
काठमाडौं, मंसिर २३ । ताप्लेजुङबाट नेकपा एमालेका योगेश भट्टराई भारी मतान्तरले विजयी भएका छन् । भट्टराई २९ हजार ४७९ मतले विजयी भएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका केशव दाहालले १६ हजार ८८८ मत ल्याए ।
त्यस्तै प्रदेशसभाका दुवै सिट वामपन्थीले जितेको छ । (क)मा बलबहादुर सम्सोहाङ १५ हजार ४१७ मत ल्याएर लिलादेवी बोखिमलाई पछि पारे । उनको १० हजार ९७४ मत आयो ।
प्रदेश (ख) मा ट्क अङ्बोहाङ विजयी भए । उनले १२ हजार १९८ मत ल्याए । प्रतिद्वन्द्वी दीपेन्द्र सेन्दाङले ७ हजार ५८७ मत ल्याए ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित