रौतहटमा मतगणना सुरु

२०७४ जेठ १५ गते

“
मङ्सिर २२, गौर । रौतहटमा मतगणना सुरु भएको छ । मत गणनाका लागि आवश्यक प्रक्रिया पुरा गरे पश्चात् मतगणना सुरु गरिएको हो ।
गणना स्थल जुद्ध उमावि गौर वरपर उम्मेदवारहरुका समर्थकहरुको बिहानै देखी नै ठुलो उपस्थिति रहेको छ । रौतहटमा ६८ प्रतिशत मत खसेको थियो ।
जिल्लामा तीन लाख २९ हजार मतदाता रहेका छन् । चार वटा प्रतिनिधि सभाको क्षेत्र रहेको रौतहटमा ९१ जनाको उम्मेदवारी रहेको छ । मतगणना स्थलमा सुरक्षाको सबै प्रबन्ध मिलाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।ब
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित