काभ्रेमा मतपेटिका संकलन जारी

काभ्रे, मंसिर २२ । काभ्रेमा मतपेटिका संकलन भइसकेको छ । गाडी पुग्ने मतदान स्थलबाट मतपेटिका ल्याइएपनि गाडी नपुग्ने महाभारत र खानिखोला गाउँपालिकाको मतपेटिका संकलन गर्न बाँकी छ ।

दुवै गाउँपालिकाको मतपेटिका हेलिकप्टर मार्फत ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी प्रमुख सहकुल थापाले जानकारी दिनुभयो । महाभारत गाउँपालिकाको मतपेटिका बनखुचौर मा र खानिखोला गाउँपालिकाको तालढुङ्गामा संकलन गरेर राखिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *