धनकुटामा मतगणना सुरु गर्न केही ढिलाइ दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने

मङ्सिर २२,धनकुटा । धनकुटामा मतगणना सुरु गर्न केही ढिलाइ भएको छ । बिहान १० बजेबाट मतगणना सुरु गर्ने तयारी गरिएको भए पनि दलहरूले समय मागेपछि केही ढिलाइ हुँने भएको हो ।

बिहान बसेको सर्वदलीय बैठकमा दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले संगालोखबरलाई जानकारी दिएका छन् ।

‘अलिक अगाडीनै सुरु गर्नुपर्ला भन्ने सोचेका थियौ ।’ मुख्य निर्वाचन अधिकृत पोख्रेलले भने ‘सर्वदलीय बैठकमा दलहरूले समय माग गरेकाले अलिक ढिला गरी सुरु हुने भयो ।’

मतगणनामा खटिने दलका प्रतिनिधिलाई गणना सम्बन्धी थप जानकारी गराउँनका लागि राजनीतिक दलले समय माग गरेको बताइएको छ । निर्धारित समयमै मतगणना सुरु गर्नका लागि दलका प्रतिनिधिहरूलाई साँढे १२ बजेनै मतगणना स्थलमा बोलाईएको छ ।

धनकुटाको सामुदायिक भवनमा मतगणनाका लागि आवश्यक अन्य तयारी भने पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।संगालो धनकुटाबाट,

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *