काठमाडौं क्षेत्र नम्बर–१ को मतगणना सुरु, प्रकाशमान र रवीन्द्रको मुटु ढुकढुक !

काठमाडौं,मङसिर २२ । काठमाडौँ क्षेत्र नम्बर– १ को मतगणना बल्ल सुरु भएको छ । बिहान १० बजेदेखि सुरु हुने भनीएपनि केही समय ढिला मतगणना सुरु भएको हो ।

 

निर्वाचन आयोगको तयारी नपुगेको र सबै दलका प्रतिनीधीहरु उपस्थित नभएका कारणले मतगणना सुरु हुन ढिला भएको बताइएपनि क्षेत्र नम्बर–को मतगणना थालनी गरिएको छ । शुक्रबार बिहान बसेको सर्वदलीय बैठकमा बिहान १० बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको थियो ।

काठमाडौंका मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलका अनुसार निर्वाचन क्षेत्र नं.१, २, ३ र ४ को मतगणना राष्ट्रिय सभागृहमा हुने छ ।

त्यसैगरी, निर्वाचन क्षेत्र नं. ५ र ७ को सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा तथा क्षेत्र नं। ९ र १० को अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बानेश्वरमा मतगणना हुन्छ । निर्वाचन क्षेत्र नं। ६ को जिल्ला समन्वय समिति बबरमहलमा र निर्वाचन क्षेत्र नं। ८ को वनपरिसर बबरमहलमा मतगणना हुनेछ ।

काठमाडौं क्षेत्रनम्बर १ मा कांग्रेसका प्रकाशमान सिंह, वाम गठबन्धनबाट माओवादीका अनिल शर्मा र विवेकशिल साझाका रविन्द्र मिश्रबीच त्रिपक्षीय प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *