मेक्सिकोमा ७ दशमलव २ रेक्टर स्केलको भूकम्प

२०७४ जेठ १५ गते

काठमाडौं, फागुन ५ । मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । मेक्सिकोको ओसाका क्षेत्रमा ७ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो ।
यो एक शताव्दी यताकै शक्तिशाली भूकम्प गएको अधिकारीहरुलाई उदृत गर्दै विविसिले लेखेको छ । भूकम्पको धक्का २ सय २५ माइल टाढासम्म महसुस गरिएको थियो ।
करिब २ मिनेटसम्म भूकम्प गएको स्थानीयले बताएका छन् । भूकम्पका कारण भवनहरु भत्किएका छन् भने हजारौं मानिसहरु घर बाहिर निस्किएका छन् । भूकम्पबाट भएको मानवीय क्षतिको विवरण भने प्राप्त नभएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
– – – ऋष्ल् – – –

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित