मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

जङ्गली च्याउ खाँदा मृत्यु

पाँचथर, १३ असार । जङ्गली च्याउ खाँदा मिक्लाजुङ गाउँपालिका – ७ लुम्बाफे बस्ने एक बालकको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी चन्द्रबहादुर माखिमका नाति १० वर्षीय सङ्गम छन् ।

उपचारका क्रममा धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जङ्गली च्याउ खाँदै गरेकी उनकी नातिनी सातवर्षीया सपनाको भने सोही अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रतिकृयाहरु
Loading...