कीर्तिपुरमा फेला परेको प्रेसरकुकर बम डिस्पोज

मंसिर १९, काठमाडौँ । कीर्तिपुर नगरपालिका–५ पाँगा देउखेलस्थित हिरानन्द महर्जनको निर्माणाधिन घरको भुइँतलामा राखिएको बम डिस्पोज गरिएको छ। सेतो कपडाले बेरेको रातो वत्ती बलेको अवस्थामा मंगलबार फेला परेको प्रेसरकुकर र गणपाउडर समेत भएको विष्फोटक पदार्थ डिस्पोज गरिएको हो।

महानगरीय प्रहरी बृत्त कीर्तिपुरको समन्वयमा नेपाली सेनाको टोलीले उक्त बम डिस्पोज गरेको हो।

त्यस्तै बुटवल उपमहानगरपालिका–१२ नयाँगाँउस्थित भित्री बाटोको छेउमा कालो टेपले बेरेको अवस्थामा सोमबार फेला परेको होक्स बम ईलाका प्रहरी कार्यालय बुटवलको समन्वयमा नेपाली सेनाको टोलीले डिष्पोज गरेको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − ten =