दुई लाख सेवाग्राही लाईसेन्सबिहीनः किन पाइँदैन स्मार्ट लाईसेन्स ?

मंसिर १८, काठमाडाैं । ललितपुर इमाडोलकी अञ्जु कँडेलले स्कुटीको परीक्षा पास गरे पनि लाइसेन्स प्राप्त गर्न कम्तीमा ६ महिना कुर्नुपर्ने भएको छ । दुई पटकमा ‘ट्रायल पास’ गरेकी कँडेललाई यातायात व्यवस्था कार्यालय एकान्तकुनाले ६ महिनापछि मात्र लाइसेन्सका लागि सम्पर्क गर्नुपर्ने जानकारी दिएको छ ।

कंडेलेको गुनासो छ ‘परीक्षाको फाराम भर्न नै समस्या छ । राति नै गएर लाइनमा बस्नुपर्ने बाध्यता छ’, उनले भनिन्, ‘त्यगि गरेर फाराम बुझायो । फेरि परीक्षका लागि कुर्नुपर्छ । परीक्षा बल्लबल्ल पास गर्यो लाइसेन्स पाउनै गाह्रो । कँडेलले जस्तै ट्रायल पास गरेर पनि लाइसेन्स प्राप्त नगर्नेको संख्या झण्डै दुई लाख छ । यातायात व्यवस्था विभागले लाइसेन्सको दैनिक माग र उत्पादनमा ठूलो अन्तर रहेकाले ढिलाइ भएको बताएको छ ।

विभागका अनुसार हाल दैनिक पाँच हजार लाइसेन्सको माग हुन्छ तर स्मार्ट लाइसेन्स प्रिन्ट भने दैनिक आठ सय वटामात्र हुन्छ । यसै कारण परीक्षा पास गरेको कम्तीमा ६ महिनापछि मात्र लाइसेन्स हातमा पर्ने अवस्था आएको विभागका प्रवक्ता टोकराज पाण्डेको भनाइ छ ।, यो खबर आजको गोरखापत्रमा छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *