पत्रकार कोइरालाले तिन बर्षदेखी बालिका बलात्कार गर्दै आएको पुष्टि

असार १३, काठमाडौं । पत्रकार केदार कोइरालाले बालिकालाई लगातार तिन बर्षदेखी बलात्कार गर्दै आएको पुष्टि भएको छ | आफ्नै घरमा काम गर्ने १५ बर्षिया बालिकालाई तीन बर्षदेखि लगातर बलात्कार गरिरहेको प्रहरी अनुसन्धानबाट प्रमाणित भएको हो । उनी बलात्कार गरेको अरोपमा केहि दिन अगाडी नै पक्राउ परिसकेका छन् र अहिले प्रहरी सत्यतथ्य के हो भन्ने निर्स्कर्षमा पुगेको हो |

उपत्यकाको ३१ ओम शान्ति चोकमा बस्ने ४५ वर्षीय केदार कोइरालालाई जेठ १३ गते प्रहरीले पक्राउ गरेको थियो । उनलाई आफ्नै घरमा काम गरी बस्ने १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेको थियो । घटना तव मात्र बाहिरियो जब बालिका गर्भवती भइन | उनले अन्तिम पटक फागुन ११ गते बिहान साढे ११ बजे घरका कुनै सदस्य नभएका बेला बालिकामाथि बलात्कार गरेका थिए । त्यसपछी पनि बालिका चुपचाप नै थिइन् तर जब त्यही बलात्कारको ३ महिनापछी बालिका गर्भवति भएको पत्ता लाग्यो त्यसपछि मात्रै घटना बाहिर आएको हो ।

धेरै समयको प्रहरीको अनुसन्धानबाट पुष्टि भएकाले अब कारवाहीको प्रक्रिया अगाडी बढ्ने स्रोतले बताएको छ । १० कक्षामा अध्यनरत छात्राका भाईले स्कूलमा जानकारी गराएपछि घटना बाहिर आएको हो । पीडित बालिकाले आफ्ना नातेदार र सिविन नामक संस्थाको सहयोगमा महानगरीय प्रहरी बृत्त बानेश्वरमा जाहेरी दरखास्त दिएपछि कोइरालालाई पक्राउ गरिएको थियो ।

बलात्कृत बालिकाले बयानमा भनेका छन, उनले सुरुमा जर्बजस्ती गर्ने गरेको र पछिल्ला दिनहरुमा त्रास देखाएर लगातार बलात्कार गर्ने गरेको पत्ता लागेको छ । प्रहरीको अनुसन्धानमा कोइरालाले बालिकालाई धेरै लामो समय देखि बलात्कार गर्ने गरेको पुष्टि भैसकेको हुँदा अब कानुन अनुसार कारवाही प्रक्रिया अगाडी बढ्नेछ । अब अदालतको आदेशसंगै उनी कारागार चलान हुनेछन |

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *