कांग्रेस मानसिक रुपमा पराजित भइसक्यो : नेपाल

मंसिर १७, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेस मानसिक रुपमा पराजित भईसकेको दावी गरेका छन् ।

वरिष्ठ नेता नेपालले बाम पार्टीहरुले देशभक्तिपूर्ण काम गरेकाले जनता त्यसको पक्षमा उभिएपछि नेपाली काँग्रेस निर्वाचनमा हार स्विकार गर्न बाध्य भएको तर्क गरे । आईतबार काठमाडौंमा संचारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली काँग्रेसलाई नअत्तालिन पनि आग्रह गरे ।

नेता नेपालले निर्वाचनमा हारजित हुने भन्दै त्यसबाट विचलित नहुन पनि नेपाली काँग्रेसलाई सुझाव दिए । उनले काँग्रेसले निर्वाचनबाट हार्ने भएपछि बाम गठबन्धनविरुद्ध झूट प्रचारवाजी गरिरहेको भन्दै आपत्ति पनि जनाए ।

नेता नेपालले राजनीतिक स्थायित्व दिएर मुलुकलाई समृद्ध बनाउन बाम गठबन्धनलाई विजयी बनाउन पनि आम मतदातालाई अपिल गरे । काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार समेत रहनु भएका उनले बाम गठबन्धनले मुलुकलाई समृद्ध बनाउने सपना पूरा गर्ने लक्ष्य लिएकाले त्यसमा जनताले साथ दिने विश्वास पनि व्यक्त गरे ।

नेता नेपालले काँग्रेसले पटक–पटक सरकारको नेतृत्व लिएपनि देश र जनताको पक्षमा कुनै काम गर्न नसकेको आरोप समेत लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + nineteen =