अज्ञात समुहद्धारा वाम गठबन्धनका उम्मेदवाको गाडीमा आगजनी

कैलाली, मंसिर १२ । कैलालीमा अज्ञात समुहले निर्वाचन क्षेत्र नम्वर २ को ‘क’ बाट प्रदेशसभामा उम्मेदवारी दिनुभएका वाम गठबन्धनका उम्मेदवारको गाडीमा आगनजी गरेको छ ।  आज विहान तीन बजेतिर उम्मेदवार थापाको गाडीमा आगजनी भएको हो । लम्की चुहा नगरपालिकामा रहेको आफ्नै घर पछाडीको ग्यारेजमा पार्किङ्ग गरि राखिएको ना १६ च ६८९९ नम्वरको गाडीमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ ।

रहेको थापाको घर पछाडि रहेको ग्यारेजमा राखिएको बा १६ च ६८९९ नम्बरको गाडीमा आगजनी भएको हो । आगलागीका कारण गाडीमा क्षती पुगेको छ । थापाले आगलागी भएको गाडी चुनावी प्रचारप्रसारको लागि प्रयोग गर्दै आउनुभएको थियो । आगजनीमा संलग्न भएकाको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =