अपडेट–भेटिएन त्रिशुलीमा खसेको बस, मृतकको संख्या सात पुग्यो

मंसिर १३, काठमाडौं । बुधबार विहान चितवनको फिस्लिङबाट त्रिशुलीमा खसेको बस अझै भेटिएको छैन । बस झण्डै २ सय मिटर तल त्रिशुली नदीमा खस्दा उछिट्एिर ३० जना खसे । खसेका मध्ये ७ जना मृत अवस्थामा भेटिए । घाइतेमध्ये ५ जनालाई काठमाडौं ल्याइएको छ भने १६ जनालाई भरतपुर लगिएको छ । २ जना गम्भीर घाइते छन् ।

काठमाडौंबाट अर्घाखाँची जादैँ गरेको बसले चितवनबाट आइरहेको ट्रकलाई ठक्कर दिएर नदीमा खस्न पुगेको थियो । बुधबार विहान बालाजुस्थित बसपार्कबाट २६ जना यात्रुको चलानी लिएर बस छुटेको थियो ।

चितवन प्रहरीका डिएसपी प्रभु ढकालले २६ जना लिएर बस बालाजुबाट छुटेको आफूहरुले पत्ता लगाएको बताए। बालाजुबाट बस छुट्दा चालक कन्डक्टर, खलासी र यात्रु गरी २९ जना थिए ।

कलंकी र सडक बीचबाट पनि कति यात्रु बसमा चढे भन्ने खुल्न सकेको छैन । प्रहरीका अनुसार १५ जनाजति कलंकी र बीच सडकबाट बसमा चढेका हुन सक्छन् ।

बस नदीमा खसेपछि भेटिएको छैन् । नेपाल प्रहरी, सेना र शसस्त्र प्रहरी मिलेर अहिले बस खोज्ने काम भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *