‘काठमाडौं सर्ट फिल्म फेस्टा’ का लागी १५ गतेसम्म फिल्म दर्ता गराउन सकिने

 काठमाडौं, मंसिर १३ । छायाँछबि क्रियसनले आफूले आयोजना गर्न लागेको तेस्रो संस्करणको ‘काठमाडौं सर्ट फिल्म फेस्टा–२०१७’का लागि फिल्मको दर्ता गर्न निर्माता तथा निर्देशकलाई आव्हान गरेको छ । सन् २०१३ र २०१५ का दुई संस्करण फेस्टा गरिसकेको आयोजकले सर्ट फिल्म मेकरलाई प्रोत्साहित गर्न र राम्राभन्दा राम्रा सर्ट फिल्म निर्माणसँगै त्यसको बजार विस्तार गर्न कार्यक्रम गर्नुपरेको जनाएको छ ।

‘नेपाली फिल्मको वैकल्पिक बजारको रुपमा छोटा फिल्महरु पनि स्थापित हुन सक्छन् भन्ने विश्वास एकातिर गर्न थालिएको छ भने नेपाली फिल्मकर्मीले निर्माण एवम् निर्देशन गरेका सर्ट फिल्महरु अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पुरस्कृत हुन थालेका पनि प्रशस्तै उदाहरण छन्,’ क्रिएसनका अध्यक्ष शान्तिप्रियले भने,‘यस्ता फिल्मले सुरुमा आफ्नै मुलुकमा सम्मान र स्थान पाउनु पर्छ भन्ने उद्देश्यले पनि ‘सर्ट फिल्म फेस्टा’ आयोजना गरिरहेका हौं ।’  पौषको अन्त्यमा आयोजना हुने फेस्टामा सर्ट फिल्म प्रदर्शनसँगै फिल्म सम्बन्धी अन्तरक्रिया लगायतका कार्यक्रम पनि आयोजना गरिने छ ।

फेस्टामा वृत्तचित्र, फिल्म, कार्टुन÷एनिमेशन फिल्मले भाग लिन पाउने छन् । फिल्मको लम्बाई भने ३ मिनट देखि ४५ मिनट भित्रको हुनु पर्ने र मंसिर १५ गतेसम्म फिल्म दर्ता गराउन आयोजकले आव्हान गरेका छन् ।  फेस्टामा सहभागी सर्ट फिल्मले प्रथम, द्वितीय, तृतीय पुरस्कार तथा ‘बेस्ट फिक्सन सर्ट  फिल्म’, ‘बेस्ट डकुमेन्ट्री सर्ट फिल्म’, ‘बेस्ट एनिमेशन सर्ट फिल्म’, ‘जुरी अवार्ड’, इनकरेजमेन्ट अवार्ड र ‘पब्लिक च्वाईस अवार्ड’ सहीत केहि विधामा नगद सहित अवार्ड पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − five =