उमेदवार गुरुङद्धारा केबलकार सञ्चालन गर्ने प्रतिबद्धता

“
पोखरा, मंसिर १२ । मंसिरको क्रमश बढ्दो चिसोसंगै कास्कीमा चुनाबी सगर्मी ह्वात्तै बढेको छ। राजनैतिक पार्टीका नेता कार्यकर्ता जोडघटाउ सहित कोण सभा र घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छन्। राजनैतिक बेमानी र पार्टीहरुको सत्ता लिप्साका कारण राजनिति प्रति नै बिस्तिष्णा जागेका बेला पार्टीका नेता कार्यक्रर्ताहरुले विभिन्न आशा र प्रलोभन देखाएर भोट मागीरहेका छन्।
समग्र कास्की जिल्लामा भन्नु पर्दा नेताहरुले पर्यटन,कृषि,उद्योगधन्दा,रेल र केवलकार लगायतका महात्माकांक्षी योजनाहरु सुनाएर भोट मागिरहेका छन्। तर,उनीहरुले उक्त योजना सम्पन्न गर्ने भरपर्दा आधार भने जनतालाई बुझाउन सकेका छैन्। तीन प्रतिनिधि सभार ६ प्रदेश सभा रहेको कास्कीमा नेताहरुले विगतका निर्वाचनहरुमा जाहेर गरेका प्रतिबद्धता भन्दा ठूला र महात्माकांक्षी योगनाहरु सुनाएर भोट मागीरहेका छन्।
निर्वाचनकै प्रचारप्रसारको क्रममा कास्कीको निर्वाचन क्षेत्र नंम्वर १ को प्रदेशसभा ‘ख’ का बाम गठबन्धनका साझा उम्मेदवार मनबहादुर गुरुङले पर्यटकीय क्षेत्र सिक्लेस देखि कोरीसम्म केबलकार निर्माण गर्ने बताए। मादी गाउँपालिका ६ अन्तर्गत चिप्ली गाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सिक्लेसलाई केन्द्रमा राखेर समग्र कास्कीको पर्यटन गतिविधि बढाउने प्रतिबद्धता जनाए। जवानकुना देखि रुपाकोटको कोटसम्म, कालिका ठूलाकोट देखि सिक्लेस र सिक्लेसबाट कोरीसम्म पर्यावरणलाई प्रतिकूल असर नगर्नेगरी केवलकार सेवा सञ्चालन गराउने गुरुङले प्रतिबद्धता व्यक्त गरे ।
सिक्लेस दुधपोखरी राजमार्गको ट्याक खोलेर स्तरोन्नति गरिरहेको बताउँदै उनले अबको ३ वर्ष्भित्र बाटो कालोपत्रे गरिसक्ने बताए । विजयपुर खोलामा मोटरेवल पुल निर्माण गरी सडक सञ्जाललाई व्यापक बनाइने उनको भनाइ छ । अत्याधिक मतसहित आफू बिजयी हुने दावी गर्दै उम्मेदवार गुरुङले निर्वाचित भएपछि क्रमश सवै जाहेर गरेका प्रतिबद्धता पुरा गर्ने बताए । त्यसैगरी सोमबार नै मादीगाउँपालिका १ स्थित खिलाङमा आमसभालाई पनि गुरुङले सम्बोधन गरेका थिए। कार्यक्रममा बोल्दै गुरुङले स्थानीय जनताको भावना अनुसार आफूले काम गर्ने बताए ।
“








