लोकतान्त्रिकहरुले बोल्न त दिन्छन् तर खाना दिंदैनन्

धनकुटा, १२ मङ्सिर । बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राईले जनतालाई अधिकार र स्वतन्त्रता बाम गठबन्धनले मात्र दिने बताएका छन् । मारेककटहरेमा भएको चुनावी अभियानलाई सम्बोधन गर्दै उम्मेदवार राईले यस्तो बताएका हुन् ।

लोकतान्त्रिक शक्तिहरूले जितेमा बोल्न दिने तर, खान नदिने अवस्था सृजना हुँने भन्दै राईले अधिकार र स्वतन्त्रता दुवैका लागि बाम गठबन्धनको जित आवश्यक रहेको दाबी गरेका हुन् । ‘लोकतान्त्रिकहरुले बोल्न त दिन्छन् तर खाना दिंदैनन् ।’ राईले भने, ‘हामी जनतालाई अधिकार र स्वत्रन्त्रता दुवै दिन्छौं ।’

लोकतान्त्रिक गठबन्धनका नेता र उम्मेदवारले जनतालाई भ्रममा पार्ने काम गरेको भन्दै उनले जनतालाई भ्रम छर्ने काम तत्काल बन्द गर्न उनीहरूलाई आग्रह पनि गरे । लोकतान्त्रिक गठबन्धनले जनतालाई अधिकार नदिएकै कारण बाम गठबन्धनले मोर्चाबन्दी गर्नुपरेको राईको भनाई थियाे ।

माओवादीले जङ्गलबाट लडाई गरेर र एमालेले खुला सङ्घर्ष गरेर नै वर्तमान संविधानबाट जनताको अधिकार सुनिश्चित भएको बताउँदै राईले अव संविधानको कार्यान्वयन गरेर जनतालाई अधिकार सम्पन्न गराउँन बाम गठबन्धनमात्र सक्षम रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *