यमनमा पहिलो पटक राहत सामग्री बोकेका साधनलाई प्रवेश दिइयो

काठमाडौं, मंसिर ११ । लगातारको हिंसाबाट चरम भोकमरीमा परेको हिंसाग्रस्त मुलुक यमनमा पहिलो पटक राहत सामग्री बोकेका साधनलाई प्रवेश दिइएको छ । यमनविरुद्ध आक्रमण गरिरहेको साउदी काठमाडौं, मंसिर ११ । अरब नेतृत्वको गठबन्धनले यमनका विद्रोही नियन्त्रित क्षेत्रमा राहत सामग्री बोकेका साधनलाई प्रवेश अनुमति दिएको हो ।

अनुमति पाएलगत्तै संयुक्त राष्ट्रसंघले सहायता सामग्री पठाउन थालेको छ । राहत सामग्री यमनस्थित सलीफ बन्दरगाहमा पुगेका छन् । साउदीले लगाएको नाकाबन्दीका कारण लाखौं मानिस खानै नपाएर मृत्युसँग जुधिरहेका थिए । औषधि बोकेका विमान राजधानी सानामा उत्रेको छ ।

यसअघि राष्ट्रसंघले तत्काल मानवीय सहायता नपु¥याए लाखौं यमनी भोकमरीकै कारण अकालमा मर्ने चेतावनी दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *