आज ३२ जिल्लामा निर्वाचन हुँदै

मंसिर १०, काठमाडाैं । प्रदेश र प्रतिनिधिसभा अन्तरगत आज ३२ जिल्लामा निर्वाचन हुँदै छ जसकाे सम्पूर्ण तयारी पूरा भइसकेकाे निर्वाचन अायाेगले जनाएकाे छ । प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा आज मतदान हुँदैछ । मतदान बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म जारी रहनेछ । ५ बजेभित्र मतदान स्थलमा छिरिसकेका मतदाताले मत खसाल्न पाउने छन् ।

अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित व्यवस्था मिलाउन मतदान अधिकृतलाई निर्देशन दिइएको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय चुनावमा जस्तै कुनै कारणबस मतदाता परिचयपत्र नभएमा नागरिकता, ०७० सालमा जारी गरिएको मतदाता परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाइनेछ ।

पहिलो चरणमा ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । आयोगका अनुसार ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्नेछन्, जसका लागि दुई हजार ९१९ मतदान स्थलमा चार हजार ४६५ मतदान केन्द्र राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 9 =