वाम गठवन्धन र कांग्रेस कार्यकर्ताबीच झडप, १४ जना घाईते
२०७४ जेठ १५ गते

“
मंसिर ९, हुम्ला । हुम्लामा वाम गठवन्धन र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपमा परी दुबैतर्फका गरी १४ जना कार्यकर्ता घाईते भएका छन् । हुम्लामा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको पहिलो चरणअन्तर्गत अर्थात भोली मंसिर १० गते मतदान हुँदैछ ।
मौन अवधिमा मतदाता प्रभावित पार्न खोजेको भन्दै हुम्लाको लालीमा वाम गठवन्धनका कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि अवरोध पर्याएपछि झडप भएको बुझिएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाले घटनाको विस्तृत विवरण प्राप्त हुन नसकेको जनाएको छ । घटनाको विस्तृत विवरण बुझ्न प्रहरी घटनास्थलतर्फ प्रस्थान गरेको जनाइएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








