एमालेले सरकारलाई दियाे चेतावनी

“
मङ्सिर ७, काठमाडाैं । नेकपा एमालेले निर्वाचनलाई प्रभावित तुल्याउने गरी कुनै पनि गतिविधि नगर्न सरकारलाई चेतावनी दिएको छ । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मुखैमा कर्मचारी सरुवा, बढुवा लगायतका निर्वाचन आचारसंहिता विपरीतका काम भइरहेका बेला एमालेले त्यसो नगर्न सरकारलाई सचेत गराएको हो ।
एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीले बिहीबार मुख्य सचिव लोकदर्शन रेग्मीसँग भेट गरी निर्वाचनको स्वच्छता कायम हुने गरी मतदाता, मटपेटिकाको सुरक्षा गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । निर्वाचनको आचारसंहिताको पूर्ण पालना र निर्वाचनको स्वच्छताका लागि सुदृढ सुरक्षा व्यवस्था गर्न सरकारलाई पुनः आग्रह गरिएको एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले जानकारी दिए ।
एमालेले मतदान भईसकेपछि संवेदनशील क्षेत्रबाट मत पेटिक ल्याउँदा राजनीतिक दलहरूको प्रतिनिधि पनि रहने व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरेको छ ।
“








