लापरवाही गरेर बस चलाउने तीन चालक कारागार चलान

मंसिर ६, काठमाडौं । लापरवाही गरेर सवारी साधन चलाएको अभियोगमा तनहुँ जिल्ला अदालतले तीन बसका चालकलाई पुर्पक्षको लागि कारागार पठाउन आदेश दिएको छ ।

गत कार्तिक १० गते तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ४ दुलेगौडास्थित पृथ्वीराजमार्ग सडकमा पोखराबाट दमौली आउँदै गरेको ना ५ ख ४९४५ नम्वरको बस पल्टिँदा बसमा सवार ८ बर्षकी श्रीया तामाङको उपचारको क्रममा मृत्यु भएको थियो । उक्त बसका चालक दिपक कुमार थापाले लापरवाही गरेर बस चलाएको भन्दै प्रहरीले उनलाई पक्राउ गरी सवारी ज्यान मुद्धा चलाएको थियो । अदालतले उनलाई ६ महिना कैद पठाउन आदेश दिएको छ ।

यस्तै, कार्तिक ९ गते व्यास नगरपालिका वडा नं ५ बरवोटे स्थित सिन्धुमार्गमा नेपालटारबाट दमौली आउँदै गरेको ध १ ख ९५ नंम्वरको बसको ठक्करबाट सख्त घाइते भएकी सोही वडा निवासी ६५ बर्षकी टिकामाया पण्डितको अस्पताल लैजादै गर्दा मृत्यु भएको थियो ।

सोही कारण बसका चालक पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ बस्ने २९ बर्षका राजकुमार विकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान पुरा गरी जिल्ला अदालतमा पेश गरेकोमा अदालत उक्त आदेश दिएको हो ।

त्यसैगरी गत कार्तिक ४ गते जिल्लाको म्याग्दे गाउँपालिका वडा नं ४ मा ग १ ज ३९२८ नम्वरको ट्याक्सीले नामथर ठेगाना नखुलेको भारतीय नागरिक राजु बदुदले चलाएको ग १२ प २०४३ नंम्वरको मोटरसाइकललाई ठक्कर दिदाँ बदुदलेको मृत्यु भयो । सो घटनामा ट्याक्सी चालक सिन्धुपाल्चोक कुन्चोक २ घर भएका ५१ वर्षका बुद्ध तामाङलाई पक्राउ गरी सवारी ज्यान मुद्धाको अनुसन्धान गरी कार्तिक २८ गते जिल्ला अदालतमा पेश गरेको थियो ।

अदालतको आदेशले ५ महिना कैद फैसला भएकोले तामाङलाई बाँकी कैद भुक्तानीको लागि कारागार पठाउन आदेश दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 5 =