पोखरामा ट्राफिक प्रहरी विरुद्ध बसका चालक तथा सहचालक

मङ्सिर ५, पोखरा । पोखरा नगरक्षेत्र भित्र सञ्चालन हुँदै आएकाे नगर बसका चालक र सहचालक आन्दोलनमा उत्रीएका छन् । आफू खुसी मनलाग्दो सडकमा सवारी सञ्चालन गर्दै आएका चालक र सहचालकलाई ट्राफिक प्रहरीले कडिकडाउ गर्न थालेपछि बस चलाउन छाडेर आन्दोलनमा लागेका हुन् ।

नगर बसका चालक र सहचालकले लामो समयदेखि सवारी नियम विपरीत बिच सडकमै बस रोकी यात्रुलाई झार्ने र चडाउने गर्दै आएका थिए । तर,सरोकारवालाहरुले धेरै गुनासो गर्दै ट्राफिक प्रहरीलाई कारवाहीकालागि आग्रह गर्दै आएका थिए ।

पोखराको ट्राफिक व्यवस्थापन र सरोकारवालाहरुको आग्रहपछि ट्राफिक प्रहरीले व्यवस्थापन थालेपछि उनीहरू आन्दोलीत भएका हुन् । ट्राफिक प्रहरीले मेहन्द्रपुल देखी चिप्लेढुङ्गा तर्फ बस सञ्चालन गर्न नदिएको र न्युरोडमा बस रोकेर यात्रु झार्दा पनि ट्राफिक प्रहरीले चिट काटेको भन्दै उनीहरूले आन्दोलनमा उत्रिनुपरेको बताएका छन् ।

उनीहरूले आज बिहान ११ बजे पोखराको न्युरोडमा बस रोकेर विरोध गरेका हुन् । लेखनाथ माइक्रो बसका चालक तथा सहचालक ट्राफिक प्रहरी विरुद्ध बस रोकेर आन्दोलनमा उत्रिएका हुन् । सहचालक धन तामाङले बस रोकेर यात्रु झाँदा समेत चिट काट्ने गरेको बताए । उनले ट्राफिक प्रहरीले अचाक्ली गरेको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *