कास्की तीनमा निर्वाचन अभियान तिब्र, उम्मेदवारहरु काेणसभा र घरदैलो गर्दै

“
मंसीर ३, पोखरा । कास्कीको क्षेत्र नंम्वर ३ का प्रतिनिधी सभाका वाम गठबन्धनका उम्मेदवार जगत विश्वकर्माले समृद्ध नेपाल बनाउनका लागि वाम गठबन्धनका साझा उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । चुनावी प्रचार प्रसारमा आईतवार अन्नपूर्ण गाउँपालिका १० पुगेका विश्वकर्माले चुनावी सभालाई सम्बोधन गदै समृद्ध नेपाल बनाउन गठबन्धनका उम्मेदवालाई जिताउन आग्रह गरेका हुन् ।
उनले यस क्षेत्रका विकास निर्माणका कार्यहरुलाई निरन्तरता दिदै आवश्यकता अनुसार विकास निर्माणमा स्थानिय वासिन्दाको सुझाव सल्लाह अनुसार विकास निर्माणका कार्यहरु अगाडी बढाउन बताए । समानुपातिक उम्मेदवार सोमनाथ अधिकारीले स्थिर सरकार निर्माण तथा जनताको न्यायपूर्ण सरकारका लागि बाम गठबन्धनलाई जिताउन आग्रह गरे ।
कार्यक्रममा बोल्दै प्रदेश सभाका उम्मेदवार राजिव पहारीले आफु फेवातालको काेखमा जन्मिएको र अन्नपूर्णसँग जोडिएर समग्र पोखराको आर्थिक विकासमा लाग्ने विश्वास दिलाए । पर्यटकीय क्षेत्र, उच्च शिक्षा, मोटर बाटो लगायतका पूर्वाधार विकासका लागि पर्ने उनकोे भनाई थियो । कार्यक्रममा अर्का समानुपातिक उम्मेदवार सीता गिरी ओलीले यस क्षेत्रको कृषि, पर्यटन, सडक निर्माण लगायत विकास निर्माणका कार्यहरुमा भरपुर सहयोग गर्ने बताईन् ।
वाम गठबन्धनको घरदैलो तथा चुनावी प्रचारप्रसार कार्यक्रम अन्तर्गत आईतवार कास्कीको क्षेत्र न ३ घान्द्रुकको मेश्रम बराह, किम्चेमा कोण सभा गरिएको हो । कार्यक्रममा नेकपा माओवादीका केन्द्रिय सदस्य प्रकाश दाहालको असामयिक निधनले कम्यूनिष्ट आन्दोलनमा अपुरणीय क्षति भएको भन्दै शोक सभा समेत गरिएको थियो ।
“








