‘फर्जी समाचार’ आम्दानीको माध्यम : अध्ययन

वासिङ्टन । साइबर अपराधीहरूले फर्जी समाचारलाई आम्दानीको राम्रो माध्यममका रूपमा विकास गर्दै कम्तीमा १० अमेरिकी डलरबाट सुरु गरी विभिन्न विषय वस्तुको गम्भीरताका आधारमा मूल्य तय गरी लिने गरेको अमेरिकामा सार्वजनिक गरिएको एक अनुसन्धानमा सम्लग्न समूहले बिहीबार सार्वजनिक गरेको छ ।

‘डिजिटल स्याडोज’ नामक अनलाइन सुरक्षा फर्मले सार्वजनिक गरेको प्रतिवेदनले जनाए अनुसार प्रसिद्ध सञ्चारमाध्यमसँग मिल्दोजुल्दो नाम राख्ने वेबसाइटको आफ्नै आकर्षक नाम दिने वा अर्काको चलेको वेबसाइटको नाममा एक दुई अक्षर छुट्टाउने र यिनै वेबसाइटबाट गलत उत्पादनको प्रवद्र्धन गरी आम्दानी गर्ने प्रवृति बढेको जनाइएको छ ।

उक्त अध्ययन प्रतिवेदनमा खोजकर्ताहरूले विभिन्न दुई हजार ८०० सञ्चालनमा रहेका यस्ता फर्जी वेबसाइट भेटेको पाएको जनाएका छन् । कतिपय अवस्थामा ख्याति कमाएका वेबसाइटमा एक दुई अक्षर हटाएर त कतिपय अवस्थामा सक्कलीजस्तो लाग्ने वेबसाइटको नाम दिएर साइबर अपराधजन्य क्रियाकलापमा लाग्ने गरेको उक्त अध्ययन प्रतिवेदनमा दाबी गरिएको छ ।

केहीले रसियामा रहेका प्रचारक समूहजस्तै उपाय अपनाउने र वेबसाइटमा सामग्री प्रकाशन गरेवापत राम्रै मूल्य लिने गरेका बताइएको छ । यस्ता अपराधीले वैध कागजातलाई सामान्य परिवर्तन गर्ने र तिनीहरूलाई भ्रामक प्रचारबाजीका लागि समाजमा लाने गरेको उक्त समूहले जनाएको छ ।

कुनै राम्रो समाचार प्रसङ्गजस्तै यसरी बनेका ‘फर्जी समाचार’लाई आफ्ना सहयोगीमार्फत वितरण गर्ने, पुनः प्रकाशन वा प्रसारण गर्ने र बजारमा ल्याउने गरेका पाइएको छ, अध्ययनमा भनिएको छ ।

अपराधीले गलत सूचनालाई जति व्यापक रूपमा प्रचार गर्न सक्यो सर्वसाधारणको मनमस्तिस्कमा त्यति नै छाप पार्ने र यही नै आम्दानीको स्रोत बनाइने गरेको प्रतिवेदनमा छ । यस किसिमका भ्रामक प्रचारहरू आजभोलि राजनीतिमा पनि देखिन थालेका र यो गम्भीर चासोको विषय बनेको अनुसन्धानमा सम्लग्न डिजिटल स्याडोका उपप्रमुख रिक होल्याण्डले बताए । यो भूराजनीतिभन्दा पर आर्थिक लाभका लागि प्रयोग हुन थालेपछि यसको प्रभाव इमान्दार व्यापार र उपभोक्ताबीच पनि पर्न थालेको हल्याण्डले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 5 =