सरकारद्वारा उत्कृष्ट करदाता सम्मान
“
मङ्सिर १, काठमाडाैं । व्यवसायी सिद्धार्थ शमशेर राणा सबैभन्दा बढी व्यक्तिगत आय कर तिर्ने करदाता बनेका छन् । छैठौं राष्ट्रिय कर दिवस कार्यक्रममा राणालाई सरकारले सबैभन्दा बढी व्यक्तिगत कर तिर्ने करदाताको रूपमा सम्मान गरेको हो ।
शुक्रवार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा मुख्य सचिव लोकर्दशन रेग्मीले राणालाई व्यक्तिगत आयकर तिर्ने करदातको रूपमा सम्मान गरेकाे हाे । उनले लगातार तीन पटक व्यक्तिगत रूपमा सरकारलाई सबैभन्दा बढी आयकर तिरेका थिए । सिप्रदी ट्रेडिङका सञ्चालक समेत रहेका राणा सफल व्यवसायी हुन् ।
व्यापार व्यवसायतर्फ धेरै आयकर तिर्ने कम्पनीको सम्मान पनि राणाको सिप्रदी ट्रेडीङलाई नै दिइएको छ । त्यसै गरी सबैभन्दा बढी मूल्य अभिवृद्धिकर तिर्ने कम्पनीको सम्मान भने पवनकुमार इन्टरनेशनललाई दिइएको छ । यो वर्ष सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ । निर्याततर्फ सबै भन्दा बढी कर भर्सन्ड टेक्नोलोजीले तिरेको छ । त्यसै गरी कृषि तथा पशुपंक्षीतर्फ उत्कृष्ट आयकर दाताको सम्मान राष्ट्रिय विउविजन प्रालिले पाएको छ ।
सरकारले हिमालय बैंंकलाई पनि उत्कृष्ट आय करदाताको रूपमा सम्मान गरेको छ । बिमातर्फ नेपाल पुनर्विमा कम्पनी, सहकारीतर्फ राष्ट्रिय सहकारी बैङ्कलाई उत्कृष्ट आयकरदाताको रूपमा सम्मान गरिएको छ । त्यसै गरी सरकारले सूचना प्रविधिमा वल्र्ड लिङ्कलाई उत्कृष्ट करदाताको सम्मान दिएको छ । पर्यटनतर्फ टाईगर टप्स प्रालिले सबैभन्दा बढी आयकर तिरेको छ ।
“