आमा

खै तिमी कस्ती आमा
मेरी आमा त रातको कति पहर अनिद बसी
हाम्रो लागी धेरै कठिन यात्रा वाट गुजरिन
तर आज अतित र तिमी लाई सम्झदाँ कता कता मन दुखेर आउछ ।।

विहानको पहर त्यो तराईको रापमा
छोरा लाई लु वाट वचाउन गरेका उपाय
अनि खाजा का परिकार सम्झीदा खै किन वचपनको याद आउछ
तर आज अतित र तिमी लाई सम्झदाँ कता कता मन दुखेर आउछ खै तिमी कस्ती आमा ।।

                                              नबु सत्याल

स्कुलको समय छुटेर घर समयमा नपुग्दा हामी
हस्याड। र पस्याड। गर्दै हाम्रो खोजीमा हिडेकी ति आमाको धेरै याद आउछ
तर आज ति याद कल्पना गर्दा र तिमीलाई दाँज्दा खै किन मन दुखेर आउछ खै तिमी कस्ती आमा ।।

परिवार माया प्रेम सिकाएकी मेरी आमाले छोडेर गए पनि
अतित ताजा अझै लाग्छ तर तिमी लाई सिकाउन सकिन मैले
त्यसैले तिमीलाई सम्झदा मन र मुटु दुखेर आउछ खै तिमी कस्ती आमा ।।

जन्म दिदै मा आफुलाई महान सम्झीन्छौ भने तिमी
त्यो तिम्रो भुल हो ति सन्तान पनि तिम्रा भोली टाढा हुन सक्छन
माया देउन प्रेम देउन उनी लाई अनि मात्र तिमी एक महान आमा बन्न सक्छौ
मेरी आमा जस्तै मेरी आमा जस्तै मेरी आमा जस्तै तर तिमी त खै कस्ती आमा ।।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *