अस्ट्रेलिया भाग्ने तयारी गरेका पाण्डे पुगे जेलमा

काठमाडौं, कात्तिक ३० । म्यानपावर कम्पनीसँग घूस लिएको अभियोगमा वैदेशिक रोजगनर विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेलाई पक्राउ गरेको खबर आजका पत्रपत्रिकामा छापिएका छन् । यो खबर नेपाल समाचारपत्रबाट लिइएको हो ।

भाग्ने तयारी
उनी मंसिर ६ गते अवकाश लिने तयारीमा थिए । अवकाशलगत्तै देश छाड्ने तयारीमा रहेको सूचना अख्तियारले पाएको थियो । पाण्डेका छोरीहरु अस्ट्रेलियामै रहेको र अवकास लगत्तै उनी अस्ट्रेलिया जाने तयारी गरेको अख्तियारका एक अधिकारीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 12 =