आर्थिक चलखेलका कारण आगामी चुनावका लागि गम्भिर चुनौतीः प्रमूख आयुक्त यादव

काठमाडौं, कात्तिक २३ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतदाताका बीचमा देखा परेको अदृष्य आर्थिक लेनदेनको विकृति आगामी निर्वाचनका लागि गम्भीर चुनौती भएको टिप्पणी गर्नुभएको छ । डा. यादवले मतदातालाई रिझाउन गरिने आर्थिक चलखेलले निर्वाचन स्वच्छ हुन नसक्ने मात्र नभइ लोकतन्त्रको सौन्दर्य नै धरापमा पर्ने चिन्ता व्यक्त गर्नुभएको छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी तथा आचारसंहिता सम्बन्धमा आज निर्वाचन आयोगले नेपाल सरकारका मुख्य सचिव र सचिवहरुसँग गरेको छलफलमा प्रमुख आयुक्त डा. यादवले आर्थिक र मानसिक विपन्नताले लेनदेनको संस्कृति देखापरेको भन्दै यसलाई रोक्नु चुनौती भएको टिप्पणी गर्नुभयो । प्रमूख आयुक्त यादवले चुनावमा खटिने कर्मचारीको निष्पक्षता पनि निर्वाचनका लागि चुनौतीपूर्ण भएको टिप्पणी गर्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले समयमै स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गर्नु मुलुकको एकमात्र एजेन्डा भएको भन्दै निर्वाचन सफल पार्न इमान्दारीपूर्वक लाग्न कर्मचारीलाई आग्रह समेत गर्नुभयो । कार्यक्रममा मुख्य सचिव लोकदर्शन रेग्मीले निर्वाचन सफल पार्न आवश्यक पर्ने स्रोत–साधन र व्यवस्थापकीय कार्यप्रति विश्वस्त रहन निर्वाचन आयोगलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *