जनतामाझ लोकप्रिय बन्दै भगवती चौधरी, जित सुनिश्चित भएको दावि

“
काठमाडौं, कात्तिक २२ । आगामी मंसीर २१ गते हुन गैरहेको प्रतिनिधी सभाको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ मा बाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी भगवती चौधरी जनताका माझमा लोकप्रिय बन्दै जानुभएको छ ।
जनताका घरदैलोमा गएर भेटघाट गर्नुहुने उहाँलाई यतिबेला मतदाताहरुले जितको आशिर्वाद दिई रहेका छन । आफ्ना आशा, अपेक्षा र समस्याको सामाधान भगवती चौधरीको जितवाट सम्भव हुने मतदाताहरु बताउँछन् ।
उम्मेदवार चौधरीलाई मतदाता भन्छन्, “तपार्इ जित्नु पर्छ, अनिमात्र यस क्षेत्रको विकास हुुन्छ र गाँउको मुहार फेरिन्छ । तपाईको जीत नै जनताको जित हो” । जनताका माझ भरदैलो कार्यक्रम गर्ने क्रममा ईटहरी १० अमझोकीमा जादा स्थानीयले समस्याको चाँङ्ग सुनाएका थिए तर पनि भगवतीको जीतले ती समस्याहरु सामाधान हुनेमा उनीहरु आशावादी देखिन्थे ।
चुनावी अभियानमा बोल्दै उम्मेदवार चौधरीले आफ्नो जीत सुनिश्तिच भएको बताउनुभयो । उहाँले आफ्नो जितका लागि वाम गठवन्धनले मात्र नभई सम्पूर्ण क्षेत्र लागिपरेको दाबी गर्नुभयो । आफ्नो जितले महिलाका हक र अधिकार सुनिश्चित गर्ने बताउँदै चौधरीले यस क्षेत्रका ५ हजार यूवाहरुलाई रोजगारको सृजना गर्ने बताउनुभयो । उहाँले यस क्षेत्रको हरेक अवस्था आफूलाई जानकारी रहेकोले योजनावद्ध रुपमा विकास गर्ने भनी प्रतिवद्धता गर्नुभयो ।
उहाँले सुनसरीको क्षेत्र नम्बर ३ मा रिङ्ग रोडको निर्माण गर्ने, विदेशिएका यूवाहरुलाई आफ्नै ठाँउमा काम गर्ने वातावरण तयार गर्ने र समाज र देशको आर्थिक विकासमा योगदान दिन ठोस कार्यक्रमहरु ल्याउने प्रतिवद्धता जनाउनुभयो ।
“








