चिकित्सा शिक्षा अध्यादेश सात दिनभित्र प्रमाणिकरण गर्न राष्ट्रपतिलाई डा. केसीको चुनौती

कात्तिक २१, काठमाडौं । सरकारले अध्यादेशमार्फत ल्याएको चिकित्सा बिधेयक राष्ट्रपति कार्यालयमा थन्किएपछि बरिष्ठ चिकित्सक डा. गोविन्द केसी आक्रोशित भएका छन् । डा. केसीले सात दिनभित्र अध्यादेश प्रमाणीकरण नभए पुनः आमरण अनशन सुरु गर्ने चेतावनी दिएका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा आज पत्रकार सम्मेलन गर्दै डा केसीले राष्ट्रपतिबाट अध्यादेश प्रमाणीकरण नभएको भन्दै आमरण अनशनका लागि सात दिनको अल्टिमेटम दिएका हुन् ।

स्रोतका अनुसार एमालेका केही नेताको दबाबमा राष्ट्रपतिले कानूनी अड्चन देखाएर अध्यादेश प्रमाणीकरणमा ढिलाइ गरिरहेकी छन् । केसीको माग सम्बोधन गर्न भन्दै सरकारले चिकित्सा शिक्षा अध्यादेश पारित गरेको दुई साता बितिसक्दा पनि राष्ट्रपतिबाट अध्यादेश प्रमाणीकरण भएको छैन ।

सरकारले राष्ट्रपतिसमक्ष अध्यादेश पठाएको एक साता भन्दा बढी भइसकेको छ । कात्तिक ६ गते केसीको सुझाव र माथेमा प्रतिवेदनमा आधारित रहेर देउवाले सरकारले अध्यादेश पारित गरेको थियो । राष्ट्रपतिबाट अध्यादेश जारीपछि मात्रै कार्यान्वयनमा आउनेछ ।

यसैबीच गोविन्द केसीको अनसनमा कांग्रेस र युवा नेता गगन थापाले समर्थन जनाएका छन् । गगनले सञ्चारकर्मीसँग कुरा गर्दै अध्यादेश छिटोभन्दा छिटो पारित गर्नुपर्ने बताए ।

डा. केसीका माग पूरा गर्न प्रधानमन्त्री देउवाले ल्याएको अध्यादेशमा एमाले नेता राजेन्द्र पाण्डे लगायतले चर्को विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 17 =