कस्तो चल्दैछ पर्सामा ‘शत्रु गते’ को सुटिङ ?
“
कात्तिक २०, वीरगंज । मह सञ्चारको प्रस्तुति तथा हास्य कलाकार किरण केसी निर्मित फिल्मका लागि युनिट डेढ सातादेखि विरगंजमा छ । फरक सेटिङमा छायांकनको अनुभव बटुल्न पाउँदा निकै रोचक लागेको फिल्मका निर्देशक प्रदीप भट्टराईले बताए । ‘तराई भूगोलको मौलिकता खिच्न पाउनु खुशीको कुरा हो ।‘ फिल्मको विषय बारे जानकारी दिंदै भने,’जीवनमा कुनै न कुनै दिन खराब अवस्था भोग्नु पर्छ । शत्रु गतेको कथा पनि फिल्मका चरित्रहरुसँग त्यसै अनुरुप घुम्छ । पात्रहरुले कसरी खराब अवस्थाको सामना गर्दै अगाडी बढ्छन् त्यही मुख्य विषय हो ।‘
फिल्म जात्रा निर्देशक प्रदिप भट्टराई महासंचारको टेलिश्रृङ्खला एवं फिल्ममा निर्देशकको रुपमा काम गर्दै आएका छन्।फिल्मको लगानी करिव २ करोड रहेको निर्माण युनिटको दाबी छ। फिल्मको रिलिज टार्गेट चैत ७ गते बताइएको छ । मह सञ्चारले १७ वर्षपछि फिल्म प्रस्तुत गर्न लागेको हो। ५० दिन लामो हुने छायांकन विरगञ्जसँगै काठमाडौंमा पनि हुनेछ ।
फिल्मलाई रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौड्यालले संयुक्त लगानीमा निर्माण गरेका हुन्। हरिवंश आचार्यको कथा रहने फिल्ममा दीपकराज गिरी र प्रदिप भट्टराईले पटकथा लेखेका हुन्। संवाद लेखनमा पनि प्रदिप भट्टराईले हरिवंश आचार्यलाई सहयोग गरेका छन्। फिल्म युनिटले आउँदो चैत ९ गते रिलिज टार्गेट गरेको छ।
फिल्ममा स्थानिय कलाकारहरू नन्दु श्रीवास्तव, राम यादव, मुखलाल साह लगायतको पनि रहनेछन्।
“