निर्णय एउटाको, असन्तुष्टि जनाएपछि अर्कैलाई उम्मेदवारी
“
कात्तिक १८, धनगढी । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवार बनाइयो भनेर चर्चामा ल्याइएकी एक नेत्रीको नाम अन्तिममा आएर हटाइएको छ ।
ले कञ्चनपुर जिल्लाको क्षेत्र नम्वर १ अन्तर्गत प्रदेश नम्वर २ कि उम्मेदवार मर्यादा विष्टलाई हटाएर जिल्ला सचिवालय सदस्य कुलवीर चौधरीलाई उम्मेदवार बनाएको छ । चौधरीले नै एमालेको तर्फबाट मनोनयन दर्ता गरेका छन् ।
कञ्चनपुरमा उम्मेदवार छनौट गर्दा प्रकृया मिचिएको भन्दै एमालेभित्र तिब्र असन्तुष्टि देखिएको छ । असन्तुष्टि जनाउने मध्ये मर्यादा पनि एक थिईन् । सार्वजनिकरुपमै असन्तुष्टि जनाएको भन्दै उनलाई हटाएर कुलवीरलाई उम्मेदवार वनाइएको एमाले स्रोतले जनाएको छ ।
अनेरास्ववियूकी केन्द्रीय सचिवालय सदस्य विष्टको ठाउँमा उम्मेदवार भएका चौधरी तत्कालीन लक्ष्मीपुर गाविसबाट ०५४ मा निर्वाचित गाविस अध्यक्ष समेत हुन् ।
“