ट्र्याक्टरको ठक्करबाट मृत्यु

कार्तिक १७, मोरङ । मोरङको विराटनगर महानगरपालिका–८, देवकोटा चौकनजिक बिहीबार साँझ ट्र्याक्टरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

विराटनगर–रंगेली सडकखण्ड अन्तर्गत पश्चिमबाट पूर्व आउँदै गरेको को १ त ५९४७ नंको ट्र्याक्टरको ठक्करबाट साइकलयात्री कटहरी गाउँपालिका–४ बस्ने ४० वर्षीय वसन्त ऋषिदेवको मृत्यु भएको हो ।

ट्र्याक्टरको ठक्करबाट ऋषिदेवको घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिए । ठक्कर दिने ट्र्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 20 =