कास्कीका राजनैतिक पार्टीको उम्मेदवार छनौंट अन्तिम चरणमा

कार्तिक १५, पोखरा । कास्कीमा बाम र लोकतान्त्रिक गठबन्दनले आगामी मङ्सिर २१ गते हुने दोस्रो चरण अन्तर्गतको चुनावका लागि उम्मेदवार टुंगो अन्तिम चरणमा पुगेको छ । मनोनयन दर्ता गर्ने समय एक दिन मात्रै बाँकी छँदा वाम गठबन्धनले लगभग उम्मेदवार टुंग्याईसकेको छ भने काँग्रेसले १ नम्बर क्षेत्रमा मात्रै उम्मेदवार टुंगो लगाएको छ । अन्य क्षेत्रमा करिब अन्तिम चरणमा पुगेको बताईएको छ ।

लामो समयको छलफल र बैठकपछि कास्कीमा वाम गठबन्धनले ९ मध्ये ८ उम्मेदवार टुंग्याएका छन् । प्रतिनिधीसभाका ३ सहित ६ सिट पाएको एमालेले क्षेत्र नम्बर १ मा खगराज अधिकारी, २ मा रवीन्द्र अधिकारी र ३ नम्बर क्षेत्रमा जगत विश्वकर्मालाई टिकट दिएको छ । दुई अधिकारी जिल्लाबाटै सर्वसम्मत सिफारिस भएका थिए । विश्वकर्माको क्षेत्रमा भने भोटिङ मार्फत ३ जनाको नाम सिफारिस भएको थियो । जगन्नाथ बास्तोला र उमा कोइरालाको नाम केन्द्रमा पठाएपनि सुरुदेखि नै जगतलाई अघि सारिएको थियो ।

सर्वसम्मत सिफारिसमा परेका रवीन्द्र अधिकारी यसअघिका २ वटै संविधानसभाको चुनावमा विजयी उम्मेदवार हुन् । २०६४ मा तत्कालीन नेकपा माओवादीका उम्मेदवार रामजी बराललाई २ हजार ८ सय १० र २०७० मा काँग्रेसका उम्मेदवार शोभियतबहादुर अधिकारीलाई २ हजार २ सय १० मतले पछि पार्दै विजय भएका थिए । अर्का उम्मेदवार खगराज अधिकारी पहिलो संविधानसभा चुनावमा माओवादीका उम्मेदवार देवप्रसाद गुरुङसँग पराजित भएका व्यक्ति हुन् । दोस्रो संविधासभा चुनावमा सांसद नभएपनि उनी स्वास्थ्य मन्त्री बनेका थिए । जगत भने समानुपातिक सांसद हुन् ।

प्रदेशतर्फ ३ सिट पाएको माओवादीले १(क) मा दीपक कोइराला, २ (ख) मा राजकाजी गुरुङ र ३ (क) मा रामजी बराल उम्मेदवार बनेका छन् । दीपक र झलपाणी तिवारीका विषयमा धेरै बहस चलेको थियो । तर,कोइराला जिल्ला अध्यक्ष समेत भएकाले उनले टिकट पाएको माओवादी स्रोतले बताएको छ।

एमालेले प्रदेशतर्फ ३ सिट पाएको छ । एमालेले क्षेत्र नम्बर १ (ख) मा जिल्ला उपाध्यक्ष मन बहादुर गुरुङ, २ (क) मा अध्यक्ष कृष्ण थापाको नाम टुंगिएको छ । ३ नम्बर को (ख) मा भने अझैपनि टुंगिएको छैन । प्ररायुसंघका अध्यक्ष राजीव पहारी र महिला नेतृ देवका पहारी मध्ये एकले टिकट ल्याउने बुझिएको छ ।

लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसले मङ्गलवार क्षेत्र नम्बर १ को मात्रै उम्मेदवार टुंग्याएको छ । प्रतिनिधीसभामा कानुन मन्त्री समेत रहेका सांसद यज्ञ बहादुर थापालाई सिफारिस गरेको छ। थपा दुवै संविधानसभामा उम्मेदवार बनेका थिए। उनी २०६४ मा पराजित बनेका थिए भने २०७० मा एमालेका उम्मेदवार मान बहादुर जिसीलाई पराजित गरेका थिए ।

प्रदेशतर्फ (क) मा तिलक रानाभाट र (ख) मा जिल्ला सभापति कृष्ण केसी उम्मेदवार बनेका छन् । बाँकी उम्मेदवार बुधवारसम्म टुंगिने काँग्रेसले जनाएको छ । काँग्रस श्रोतका अनुसार उमेदवारी करिब, करिब, टुङ्गीएको छ । २ नम्बर क्षेत्रमा प्रतिनिधीसभाका लागि देवराज चालिसे वा सोभियत बहादुर अधिकारीमध्ये एक जना उम्मेदवार बन्ने छन् भने ३ नम्बरमा शुक्रराज शर्मा वा शारदा पौडेल उम्मेदवा बन्न दावा गरिरहेका छन् । चालिसे र शर्मा उम्मेदवार बन्ने लगभग अन्तिम अवस्थामा पुगेको काँग्रस श्रोतले बताएको छ । प्रदेशतर्फ २(क) मा रंगिला आचार्य, (ख) मा नरेशशंकर पालिखे वा विन्दुकुमार थापा, ३ नम्बर क्षेत्रको (क) मा रामचन्द्र त्रिपाठी र (ख) मा मनोज गुरुङ उम्मेदवार बन्ने लगभग निश्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *