अबैध सामान सहित भित्रिएको भारतीय ट्रक छुटाउन प्रदर्शन, प्रदर्शनमा दुबैतिरका एजेन्ट

कार्तिक १४, नेपालगञ्ज । भन्सार छलेर मध्यरातमा नेपाल भित्रिएको लिएपछि नेपालगञ्ज भन्सारमा भन्सार एजेन्टहरुले प्रदर्शन गरेका छन् । नेपाल र भारत दुवैतिरका एजेन्टहरुको प्रदर्शनका कारण नेपालगञ्ज भन्सारमा आवतजावत बन्द भएको छ ।
विभिन्न सुरक्षा घेरा पार गर्दै भारतीय ट्रक नेपालगन्ज भित्रिएपछि तीन दिन अघि संघीय प्रहरी इकाइ कार्यालय नेपालगन्जको प्रहरीले शनिबार ट्रक नियन्त्रणमा लिएको थियो । प्रहरीले यूपी३६टी ७३०७ नं.को भारतीय ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
भन्सार छलेर ठूलो परिणाममा सामान भित्रिँदै गरेको सूचनाको आधारमा कारवाही गर्दा विना भन्सार करीब ७० लाख रुपैयाँको मेसिन र त्यसमा प्रयोग हुने सामग्रीसहित भारतीय ट्रक प्रहरीले नियन्त्रणमा लिएको थियो ।
भुलवस प्रज्ञापनपत्र विना नै भारतीय ट्रक नेपाल भित्रिएको भन्दै भारतीय र नेपालका एजेन्टहरुले नाकामा विरोध प्रदर्शन गरी ठप्प पारेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =