नेपाल आईडल बुद्धले पाए कार सहित २० लाख, निशान र प्रतापलाई पनि आकर्षक उपहार


काठमाडौं । नेपाल आईडलका बिजेता बुद्ध लामाले कार उपहार पाएका छन् । शुक्रबार एक कार्यक्रमका बिच एपिवान टेलिभिजनमा विजेता बुद्धलाई कार र २० लाख नगद प्रदान गरिएको छ । सो पुरष्कारसहित उनले १५ लाख बराबरको एल्बम्का लागि सम्झौतामा हस्ताक्षर पनि गरेका छन् ।

त्यस्तै दोश्रो हुनेको लागि तोकिएको नगद पुरस्कार रु १५ लाख र तेस्रो हुनेको लागि तोकिएको नगद पुरस्कार रु १० लाख पनि सोहि कार्यक्रममा निशान भट्टराई र प्रताप दासलाई हस्तान्तरण गरियो । नेपालमा पहिलो पटक सर्बाधिक पुरस्कार राशी सहित गायन प्रतियोगिताको अन्तर्राष्ट्रिय फ्रेन्चाईज भित्र्याएर एपिवान टेलिभिजनले वाहवाही पाएको थियो ।

टेलिभिजनले बिजेता घोषणा पश्चात् ३ जनै प्रतिष्पर्धी अति ब्यस्तताको कारण पुरस्कार शुक्रबार मात्रै दिन सकेको जनाएको छ । नेपाल आईडलको गत असोज ६ गते कतारमा सम्पन्न फाईनलमा बुद्ध, निशान र प्रतापको लागी ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट बाट ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट पाउदै बुद्ध लामाले पहिलो नेपाल आइडलको उपाधि जितेका थिए ।

नेपाल आईडल प्रतियोगिताले वाहवाही पाएपनि यसको प्रकृयामा त्रुटि भएको भन्दै बिरोधका आवाजहरु समेत सुनिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 2 =