भाइटीकामा राष्ट्रपतिले टीका लगाईदिँदा, प्रधानमन्त्रीद्वारा टीका ग्रहण

कार्तिक ४, काठमाडौँ । राष्ट्रपति विद्या भण्डारीले भाइ डेगेन्द्र पौडेललाई भाइटीका लगाई दिएकि छिन् । राष्ट्रपति भण्डारीले आज शीतल निवासमा बिहान ११ बजेर ५१ मिनेटको शुभसाईतमा भाइ पौडेललाई टीका लगाइ दिएकी हुन् ।

यता प्रधानमन्त्री शेर बहादुर देउवाले पनि भाइटीका ग्रहणपछि मुलुकमा सङ्घीय लोकतन्त्र स्थायी रूपमा स्थापित होस् भन्ने कामना गरे । प्रधानमन्त्री देउवाले शुभ साईतमा भाइटीका ग्रहण गरेका छन् । उनले आज बिहान ११ बजेर ५१ मिनेटको शुभसाईतमा ६६ बर्षिया बहिनी दुर्गा चन्दको हातबाट भाइटीका ग्रहण गरेका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने भाइटीकाको अवसरमा आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन अभियान सफल पार्न सबैमा आह्वान गरेका छन् । भाइटीका ग्रहण गर्दै ओलीले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सफल पार्न सबैमा आग्रह गरेका हुन् ।

अध्यक्ष ओलीले निर्वाचनमा कहीँकतैबाट पनि व्यवधान आउन नदिन सचेत हुनुपर्नेमा जोड दिँदै निर्वाचन रोक्न चाहनेहरुको विरुद्ध एक भएर जानुपर्नेमा जोड दिए । आज ओली निवास बालकोटमा बहिनीहरू कौशल्या कोइराला र विष्णुमाया ढकाल तथा भान्जीहरु देवका शिवाकोटी र इन्दिरा शिवाकोटीको हातबाट भाइटीका ग्रहण गरेपछि संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्नुपर्ने दायित्व पूरा गर्न सरकारको पनि ध्यानाकर्षण गराए ।

दिदीबहिनी र दाजुभाइ नहुनेहरुले काठमाण्डौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर परिसरमा भाइटीका लगाएका छन् । रानीपोखरीमा बिहानैदेखि टीका लगाउनेको भीड लागेको थियो । टीका लगाउन केटाकेटीदेखि वृद्धवृद्धाहरु समेत बालगोपालेश्वर मन्दिर परिसर पुगेका थिए । वर्षको एक दिन भाइटिकाको दिन मात्रै सर्वसाधारणका लागि खुल्ला गरिने यस मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुनेहरुले दर्शन गरी त्यहाँ रहेका दिदीवहिनी र दाजुभाइसँग टीका लगाउने गर्छन् ।

रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिर २०७२ साल वैशाख १२ गतेको महाभुकम्पका कारण क्षतिग्रस्त बनेको छ । भूकम्प गएको साँढे २ वर्ष वितिसक्दा पनि सो मन्दिर पूर्ण रूपमा पुर्ननिर्माणमा हुन सकेको छैन । गत वर्ष पुननिर्माण जारी रहेको भन्दै मन्दिरको मुख्य प्रवेशद्धारमा टीका लगाउने व्यवस्था मिलाइएको थियो । यता पूर्व राजा ज्ञानेन्द्र शाहले भने, भाइटीकाकाे शुभ साइत अगावै अाफ्नी कान्छी बहिनी शाेभा शाहीबाट भाइटीका ग्रहण गरेका थिए ।

सर्वसाधारणले भने, बिहान ८ बजेपछि भाइटीका लगाएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान ११ बजेर ५१ मिनेटकाे उत्तम साइत निर्धारण गरेकाे थियाे । अाज शनिबार भएकाेले बिहान ८ बजे अगाबै टीका लगाउन नहुने भनिएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *