अज्ञात व्यक्तिद्वारा केरा काटेर नष्ट पारेपछि…
“
रविन्द्र यादव, नवलपरासी । नवलपरासीमा अज्ञात व्यक्तिद्वारा पाँच कठ्ठामा लगाएको केरा काटेर पूर्ण रूपले नष्ट गरेका छन् । नवलपरासी जिल्लाको सुस्ता गाँउपालिका वार्ड न. ५ तरयनी दिनानाथ भेडिहारको पाँच कठ्ठा खेतमा लगाएको केरा गए राति अज्ञात व्यक्तिले जराबाट काटेर केरा पूर्ण रूपले नष्ट गरेका छन् । किसान भेडिहारले बिहान केराको खेतमा काम गर्न जाँदा केरा पूर्ण रूपले नष्ट भएको देखेपछि आफ्नो गाउँ घरमा बताएपछि उनको घर परिवार दुखित भएका छन् । किसान भेडिहारले पाँच कठ्ठा खेतमा सात सय केरा रोपेका मध्य छ सय केरा काटेर पूर्ण रूपले नष्ट भएको हाे ।
जेठ महिनामा रोपेको केरा असोज महिनामा नै जराबाट काटेर अज्ञात व्यक्तिले लाखौँको क्षति पुर्याएका छन् । बिहान केरा जराबाट काटेको देखेपछि प्रहरी चौकी रामनगरमा दोषीलाई उचित करवाही र क्षतिपूर्तिको माग गर्दै उजुरी गरेको किसान भेडिहारले बताएका छन् ।
भेडिहारको खेतमा लगाएको केरा हसियाले जराबाट अज्ञात व्यक्तिले काटेपछि अन्य किसानहरू पनि चिन्तित भएका छन् । दुखित किसान भेडिहारको केरा नष्ट गर्ने अज्ञात व्यक्तिलाई खोजी गरी उचित करवाही गर्ने र दुखित किसानलाई क्षतिपूर्ति दिलाउने नवलपरासी केरा उत्पादक कृषक सङ्घका अध्यक्ष उत्रिचन्न राजभरले बताए । नवलपरासीको त्रिबेणी क्षेत्रमा करिब २५ सय भन्दा बढी विगहाको केराखेती गरिएको छ । यस क्षेत्रलाई केराको पकड क्षेत्र पनि मानिन्छ ।”