अनुहार भरी बाँदरको जस्तै रौँ पलाएपछि…

एजेन्सी । यी बालिका जहाँ जहाँ जान्छिन् उनलाई मानिसहरूले घुरेर हेर्छन् । उनले जे काम गर्छिन् मानिसहरूले अनौठो नजरले हेर्छन् । कारण यत्तिमात्र हो की उनको अनुहार पुरै भुत्लाले ढाकिएको छ । सोही कारण मानिसहरूले उनको नाम नै बदलेर बाँदरमुखे अर्थात् मंकी फेस राखिदिएका छन् । यिनको वास्तविक नाम सुपात्रा सासुफान हो । थाइल्याण्डको बैंकककी सुपात्राको अनुहार साधारण मानिसको भन्दा विल्कुल फरक देखिन्छ । अनुहार भरी बाँदरको जस्तै रौँ पलाएका छन् ।

यस्तो प्रकारको रोगलाई अमब्रास सिन्ड्रोम भनिन्छ । जसमा अनुहार भरी रौँ पलाउँछ । सुपात्राको अनुहारमा मात्र होइन हात, कान, पिठ्यूँ तथा खुट्टामा समेत यस्तै बाक्लै रौँ पलाएका छन् । उनको जीउका रौँ हटाउनका लागि उनका बुवा आमाले लेजर उपचार पद्धति पनि अपनाए, तर कुनै फाइदा भएन । विद्यालयमा जिउका रौँकै कारण उनले साथीभाइहरुबाट अपहेलनाको सिकार हुनुपरेको छ ।

तर, खुसीको कुरा के छ भने, अनौठो समस्याका कारण उनको नाम गिनिज बुकमा लेखिएको छ । विश्वकै सबैभन्दा भुत्ला भएको मानिसको रूपमा ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *