भियतनामको भीषण बाढीपहिरोमा परी ३७ जनाको मृत्यु, ४० बेपत्ता

भियतनाम, असोज २७ । भियतनाममा भारी बर्षापछि आएको बाढीपहिरोमा परी ३७ जनाको ज्यान गएको छ ।

३७ जनाको ज्यान लिएको बाढीपहिरोमा १६ हजार घर पुरिएका छन् भने ४० जना हराइरहेका भियतनाम अधिकारीहरुले बताएका छन् ।

टुओइ ट्रे’ पत्रिकाले जनाएअनुसार भियतनामको मध्य क्षेत्रमा रहेको एक पुल भत्कदा समाचार संकलनका लागि खटिएका भियतनाम समाचार संस्थाका स्थानीय सन्चारकर्मीहरु समेत परेका छन् । एक स्थानीय वासिन्दा येन बाइले ‘टुओइ ट्रे’ पत्रिकालाई आफ्नै आँखा अगाडी छोरालाई बगाउँदा उद्दार गर्न नसकेको बताए ।

उद्धारका लागि सयौं उद्धारकर्मीहरु खटिएका छन् । बाढी पहिरोका कारण बिद्यालय र कलेजहरु बन्द गरिएका छन् भने बिजुली आपूर्ती बन्द हुँदा हजारौं सर्वसाधारण अध्याँरोमा बस्न बाध्य भएको ‘बीबीसी‘ले उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *