मौसमी रुघाखोकीका कारण हालसम्म १७ जनाको मृत्यु

काठमाडौं, असोज २६ । मौसमी रुघाखोकीका कारण हालसम्म नेपालमा १७ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अक्टुबर महिनासम्म तीन हजार १ सय १ बिरामीमा जाँच गर्दा एक हजार २ सय ९१ जनामा मौसमी रुघाखोकी देखिएकोमा १७ जनाको मृत्यु भएको हो ।

महाशाखाका निर्देशक डा भीम आचार्यका अनुसार मृत्यु भएकामध्ये नौ जनामा अन्य रोग पनि थियो । रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा यो भाइरस छिटो सङ्क्रमण हुने भएकाले रुघाखोकी लाग्नासाथ उपचार गराउन उहाँले आग्रह गर्नुभयो । सिजनल इन्फ्लुएन्जा (एच१एन१) ले कमजोर व्यक्तिलाई आक्रमण गरी छोटो समयमा दुवै फोक्सामा खराबी ल्याउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा शेरबहादुर पुनले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *