माओवादीले डा.बाबुरामको भाग्य खोसेपछि…….

काठमाडौं,२६ असोज । ‘भाग्यमानीलाई जहीँतहीँ अभागीलाई कहीँ न कहीँ’ माओवादी केन्द्रले गोरखाको दुवै क्षेत्र कब्जा गरेपछि नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई चेपुवामा परेका छन् । भर्खंरै मर्ज भएको वामपन्थीसँगको गठबन्धन पनि तोड्न सकिँरहेका छैनन् भने सहेर बस्ने अवस्था पनि छैन । माओवादी केन्द्रले आगामी प्रतिनिधिसभाको निर्वाचनमा गोरखाको दुवै क्षेत्रमा उम्मेदवारी उठाउँने भएपछि बाबुराम ‘इन्तु न चिन्तु’झै बन्न पुगेका हुन् ।

तर,संयोजक डा.बाबुरामले कुनै पनि हालतमा गोरखा क्षेत्र नम्बर २ नछाड्ने प्रष्ट पारेका छन् । वामगठबन्धन गरेर एमालेको सूर्य चिन्हबाट उम्मेदवार बन्न लागेका बाबुरामलाई माओवादीले अँकुश लगाएपछि उनी मुर्मुरिन थालेका छन् । यससँगै एमाले नेता ईश्वर पोखरेल नेतृत्वको सिट बाँडफाँड टोलीले कष्ट खेप्नु परेको छ ।

डा. बाबुरामले गोरखा १ वा २ बाट आफूलाई उम्मेदवार बनाउनुपर्ने अड्डी कसिरहदा माओवादीले गोरखा क्षेत्र नम्बर २ मा नारायणकाजी श्रेष्ठ उठाउने अडान लिएको छ । ‘१ नम्बरमा नाराणजी उठ्ने भए ठीकै छ २ नम्बरबाट चुनाव लडौँला नि !’ भन्दै बाबुराम १ नम्बरबाट नै चुनाव लड्न तयार देखिएका थिए । तर, १ नम्बर क्षेत्रमा पनि माओवादीले आफ्नै कार्यकर्ता उठाउँने भएपछि उनी बिच्किन पुगेका थिए । ०७० को निर्वाचनमा गोरखा १ बाट जित हासिल गरेका उनलाई माओवादीले दुवै सिट आफ्नो कब्जामा लिएपछि आँखा चुनाव चिन्ह्मा निर्वाचन लड्ने धम्कि दिएका छन् । तर, नयाँ शक्तिका कार्यकर्ताले भने बाबुरामले गोरखा २ कुनै हालतमा नछाड्ने स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *