अन्तराष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधानसर्वसम्मतिले अनुमोदन

काठमाडौं, असोज २५ । व्यवस्थापिका–संसद्को आजको बैठकले अन्तराष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधानलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरीले विधानलाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्नुभएको थियो ।

विधानको सैद्धान्तिक छलफलमाथि नेपाल मजदुर किसान पाटीका दिल्ली काफ्ले र प्रेम सुवालले भाग लिँदै विज्ञान र प्रविधिको वर्तमान युगमा नवीरकणीय ऊर्जा आवश्यक भएको बताउनुभयो । छलफमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले अन्तराष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधानबाट नेपाललाई ज्ञान, सीप ,अध्ययन तथा अनुसन्धानमा सहयोग पुग्ने जानकारी दिनुभएको थियो ।

यसैगरी, बैठकले भाषा आयोगको विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई पनि सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठक भोलीे दिनको १ बजे बस्ने गरि स्थिगित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *