उकालो लाग्यो शेयर बजार

काठमाडौँ, २४ असोज । लगातार ओरालो लागेको धितोपत्र बजार आज भने झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार आज ०.७४ बिन्दुले उकालो लागेको हो । झिनो अङ्कले सुधार भएर बजार बढ्दा नेप्से परिसूचक एक हजार ५०२ बिन्दुमा पुगेको छ । ठुला कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.२२ बिन्दुले बढेको छ ।

आज कुल १५५ कम्पनीको छ लाख ७४ हजार ७८६ कित्ता शेयर रु ३० करोड सत्तरी लाख ६८ हजार ३१९ मूल्यमा कारोबार भएको छ । विकास बैङ्क समूह ०.८५, वित्त क्षेत्र ४.५१ र अन्य समूह ८.६७ अङ्कले उकालो लागेको छ भने बैङ्किङ ०.३, व्यापार ३.३८, होटेल ६.२१, बिमा ८.९९ र उत्पादन समूहका शेयर ११.६४ बिन्दुले ओरालो लागेको छ । लगातार घट्दै आएको बजारमा सामान्य सुधार हुँदा लगानीकर्तामा विश्वास बढेको बताइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + three =