लागू औषधसहित २ जना पक्राउ

असाेज २४, काठमाडाैं । अवैद्य लागू औषध अफिम र चरेससहित २ जना पक्राउ परेका छन । प्रहरीले सोमबार काठमाडौंको बल्खुबाट २२ किलो चरेस र २ किलो अफिमसहित धादिङका दर्जबहादुर तामाङ र उनीसँगै बस्दै आएका मकवानपुरका राजकुमार मोक्तानलाई पक्राउ गरेको हो ।

मंगलबार नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले पत्रकार सम्मेलन गरी तामाङको साथबाट अफिम १ किलो, चरेस १२ किलो, नेपाली रुपैयाँ २ हजार र तौल गर्ने मेसिन १ थान तथा मोक्तानको साथबाट अफिम १ किलो, चरेस १० किलो, नेपाली रुपैयाँ ७ हजार र भारतीय रुपैयाँ ५८ हजार बरामद गरिएको जानकारी दिएको छ ।

तामाङ र मोक्तान दुवैले विगत लामो समयदेखि अवैध लागू औषधको कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको लागू औषधि नियन्त्रण व्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक ठूले राईले जानकारी दिए ।

प्रहरीले घटनाबारे विस्तुत अनुसन्धान भईरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *