मेस्सी र राेनाल्डाेकाे विश्वकप यात्रा, भोलि बिहान टुङ्गो लाग्दै

एजेन्सी । सन् २०१८ मा हुने फिफा विश्वकप छनाेटका खेलहरू चलिरहेकाे छ । रसियामा हुने विश्वकप छनाेटका अन्तिम चरणमा केही विश्वका ठुला राष्ट्रहरु भने विश्वकप खेल्न नपाउने खतराबाट गुज्रिरहेका छन् । सहभागिता जनाउने कुल ३२ राष्ट्रमध्ये ब्राजिल, स्पेन, इंग्ल्याण्ड, जर्मनी, जापान लगायत १७ देशहरू छनोट भइसकेका छन् । भने, विश्वकै उत्कृष्ट खेलाडीद्धय क्रिस्टियानो रोनाल्डो र लिओनल मेस्सीको देश भने विश्वकपमा पुग्न संघर्षरत् छन् ।

मेस्सीको अर्जेन्टिना हाल दक्षिण अमेरिकी समूहको छैठो स्थानमा छ । विश्वकपमा छनोट हुन अर्जेन्टिनाले बुधवार बिहान इक्वेडरलाई अन्तिम खेलमा पराजित गर्नुपर्ने अवस्था छ। जितले अर्जेन्टिनालाई पाचौं स्थानमा पुर्याउदै प्लेअफ स्थान सुरक्षित गराउनेछ । प्लेअफमा पुगे उसले न्युजिल्याण्डको सामना गर्दै विश्वकप यात्रा तय गर्नुपर्ने हुन्छ ।

दुईपटकको विश्वकप विजेता र गत विश्वकपको उपविजेता अर्जेन्टिनाले २००१ यता इक्वेडरलाई पराजित गर्न सकेको छैन । यता दुवैबीचको खेल समुन्द्र सतह देखि २७ सय बयासी मिटर उचाइमा अवस्थित इक्वेडरको इस्टाडियो ओलिम्पिको रङ्गशालामा हुने भएकाले वातावरणसँग घुलमिल हुन अर्जेन्टिनी टोलीलाई चुनौती छ ।

रोनाल्डोको पोर्चुगलले समूह बी को अन्तिम छनोट खेल बुधवार बिहान समूहको शीर्ष स्थानको स्वीजरल्याण्ड विरुद्ध खेल्नेछ । स्वीजरल्याण्डको २७ अङ्क छ भने दोस्रोमा रहेको पोर्चुगलको २४ अङ्क छ । पोर्चुगलले स्वीजरल्याण्ड विरुद्ध जित निकालेमा स्वतः विश्वकप छनोटमा पुग्नेछ तर बराबरी र पराजयको नतिजाले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

स्वीजरल्याण्डले अहिलेसम्म खेलेका ९ खेलमा शतप्रतिशत जित निकालेको छ भने पोर्चुगलले एकमा पराजय भोगेकाे छ । खेलमा पराजित हुने टोलीले आगामी महिना हुने दुई लेगको प्लेअफ खेल्नुपर्ने हुन्छ । जसमा स्वीडेन, डेनमार्क, क्रोयोसिया र इटालीमध्ये एक प्रतिस्पर्धी हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *